20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

ममता राजकर्णीकारको निधन

वीरगंज । क्रेष इन्टरनेशनल स्कूलकी प्रधानाध्यापिका ममता राजकर्णीकारको निधन भएको छ । पाठशाला नेपालको सह सचिव र वूमेन स्कील सेन्टरकी संस्थापक समेत रहेकी उनकाे काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचारको क्रममा बिहिबार दिउसो निधन भएको हो । 

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई उपचारकोलागि काठमाण्डो लगिएको थियो । पछि कोरोना संक्रमण मुक्त भएपनि श्वास प्रश्वासमा समस्या रहेकोले उनलाई ग्राण्डी अस्पतालको अति सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । 

यस अघी उनकी ममतामयी आमा केदारनानी  राजकर्णीकारको निधन भएको थियो । उनमा पनि  कोरोना संक्रमण पुष्टि भएको  थियो । त्यसको केही दिन अगाडि उनकाे भाई बिजय राजकर्णीकारको निधन भएको थियो । राजकर्णीकार बीरगंज जेसीजका पूर्व अध्यक्ष समेत थिए ।

राजकर्णीकार परिवार बीरगंजको ब्यपार ब्यवसाय, शिक्षासंगै सामाजिक क्षेत्रमा पनि सहभागिता रहेकाे छ । 

राजकर्णीकारको शुक्रबार काठमाडौँस्थित पशुपतिनाथ आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ । राजकर्णिकार नेपाल अपाङ सघ पर्सासहित वीरगञ्जको विभिन्न संघ संस्थामासमेत आबद्ध रहेकी थिइन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.802 sec. Memory consumption:81.46 mb