29.8 C
Birgunj
9 April 2025
KALIKATIMES.COM

परवानीपुरकाे प्रमुख प्रशासकिय अधिकृतमा सुनिल चाैरसिया हाजिर

वीरगंज । बाराकाे परवानीपुर गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा सुनिल चाैरसिया बिहिबार हाजिर भएका छन् । जिल्ला समन्व समिति बाराकाे समन्वय अधिकारीकाे रुपमा कार्यरत चाैरसिया परवानीपुरकाे प्रमुख प्रशासकिय अधिकृतकाे थप जिम्मारी पाएपछि हाजिर भएका हुन् ।

चाैरसियालाई एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष हरिनारायण प्रसाद साह लगायतका जनप्रतिनिधि एवं कर्मचारीहरुले स्वागत गरेका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असाेज ६ गते परवानीपुर गाउँपालिकाकाे थप जिम्मेवारी दिएपछि हाजिर भएका हुन् ।

यस भन्दा पहिला गाउँपालिकाकाे निमित प्रमुख प्रशासकिय अधिकृत आशिष गिरी थिए । 

यस्तै बाराकाे बिश्रामपुर गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा सुनिल केशरीकाे सरुवा भएकाे छ । राैतहटकाे यमुनामाई गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा कार्यरत केशरीकाे संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बाराकाे बिश्रामपुर गाउँपालिकामा सरुवा गरेकाे हाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:4.383 sec. Memory consumption:82.43 mb