Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

चिकित्सकहरुलाई हातमा कालाेपट्टी बांधेर काम गर्न संघकाे आवहान

spot_img
spot_img

वीरगञ्ज । गुणस्तरिय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाकाे लागि १९ औं पटक सत्याग्रहमा बसेका प्राध्यापक डा. गोविन्द केसीमाथि भएको अभद्र व्यवहारको नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजले विरोध गरेकाे छ ।  

चिकित्सक संघका आजिवन सदस्यसमेत रहेका डा. केसीमाथि भएको अभद्र व्यवहारको विरोधमा संघले सम्पुर्ण चिकित्सकहरुलाई आजैदखी हातमा कालोपट्टी बाँधेर काम गर्न अवहानसमेत गरेकाे छ । 

जनताको प्रत्यक्ष सरोकारको विषयमा आवाज उठाउनु आम नागरिकको प्रजातान्त्रिक अधिकार भएको मुलुकमा बल प्रयोग गरी अमर्यादित ढंगले अनसनरत डाक्टर केसीमाथि अभद्र व्यवहार गर्नु खेदजनक भएको चिकित्स संघले जनाएकाे छ । 

संघका नारायणी शाखा सचिव डा. उद्य नारायण सिंहले एक प्रेस विज्ञप्ती जारी गर्दै जुम्लाकाे चन्द्र चन्द्रनाथ नगरपालिका ६ रानिचाैरस्थित बाबिरामष्ट मन्दिरमा भाद्र २९ गते साेमबारदेखी १९ औ‌ पटक सत्याग्रहमा बसेका ६० बर्षिय चिकित्स डा. गाेबिन्द केसीलाई अपहरणको शैलीमा काठमाडौ लगि राष्ट्रिय ट्रमा सेन्टरकाे प्राङ्गमा प्रहरिद्वारा गरिएकाे अमानवीय र अभद्र व्यबहारकाे घोर भत्सर्ना गरेका छन् ।
 
उनले विज्ञप्तीमार्फत गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारका लागि डा. केसीसँग तत्काल वार्ता गरी जायज मागहरु सम्बोधन गर्न मागसमेत गरेका छन् ।
 
जनताको प्रत्यक्ष सरोकारको बिषयमा आवाज उठाउनु आम नागरिकको प्रजातान्त्रिक अधिकार भएको रास्ट्रमा ,बल र सरकारी सम्यन्त्रको प्रयोग गरि मर्यादित चिकित्सक को अपमान गर्नु सम्पुर्ण राष्ट्रमा बल र सरकारी सयन्त्रकाे प्रयाेग गरी मर्यादित चिकित्सकाे अपमान गर्नु सम्पूर्ण राष्ट्रकाे लागि अपमानजनक रहेकाे संघका सचिव डा. सिंहले वताए । 
 
चिकित्सा शिक्षा र गुणस्तरिय गुणस्तरिय स्वास्थ्य सेवा सर्वसाधारणकाे नागरिककाे सहज पहुंचकाे लागि गरिएकाे सत्याग्रह प्रति नेपाल सरकारले गम्भिर रुपमा मनन गरी अबिलम्ब बर्ताद्वारा जायज मागहरुकाे सम्बाेधन गर्दै प्रध्यापक डा. केसीकाे जिवन रक्षा गर्न चिकित्सक संघले नेपाल सरकार तथा सराेकारवाला निकायसंग माग गरेकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...