Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बहुदरमाई नपाकाे ६१ कराेड ३७ लाख बराबरकाे बजेट सार्वजनिक

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाकाे आर्थिक बर्ष २०७७/०७८ काे निति, कार्यक्रम तथा बजेट बुधबार सार्वजनिक गरिएकाे छ । नगरपालिकाकाे पांचाै नगर सभाद्वारा पारित चालु आर्थिक बर्षकाे रु ६१ कराेड ३७ लाख ६७ हजार एक सय ७८ बराबरकाे निति, कार्यक्रम तथा बजेट एक कार्यक्रमकाे बिच सार्वजनिक गरिएकाे हाे ।

नगरपालिकाकाे संघ सरकारकाे समानिकरण अनुदान १२ कराेड ६४ लाख, राजश्व बाडफाड ७ कराेड ६५ लाख २० हजार ७ सय १०, सर्शत अनुदान १८ कराेड ८४ लाख, प्रदेश सरकारकाे समानीकरण अनुदान ७३ लाख ६१ हजार, सर्शत अनुदान ८० लाख, राजश्व बाडफाड ४३ लाख ७४ हजार, बिशेष अनुदान ३० लाख रहेकाे छ ।

यस्तै चालु आर्थिक बर्षकाे समाजिक सुरक्षा तथा संरक्षण भता वितरण ७ कराेड ६१ लाख ३० हजार, स्थानिय शासन तथा सामुदायिक बिकास कार्यक्रम ५ लाख, बहुक्षेत्रिय पाेष्ण कार्यक्रम १४ लाख ८० हजार, सडक बाेर्डकाे सर्शत अनुदान ३२ लाख र आन्तरिक स्राेतबाट २ कराेड २० लाख ५५ हजार ५ सय बजेट रहेकाे नगरपालिकाका लेखापाल हरि प्रसाद कुर्मीले जानकारी दिए ।

नगर प्रमुख नितेन्द्र साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उप प्रमुख गायत्री देवी, प्रमुख प्रशासकिय अधिकृत तिर्थराज यादव, लेखा अधिकृत उपेन्द्र साह लगायत सम्पूर्ण  नगर सभा सदस्य तथा कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे ।

नगर सभाले “बहुदरमाई नगरपालिकाकाे बिकास र समृद्ध आधार, शिक्षा, स्वास्थ्य, कृषी र पुर्वधार बिकास” यस बर्षकाे नारा तय गरेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...