Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बहुदरमाई नपाकाे ६१ कराेड ३७ लाख बराबरकाे बजेट सार्वजनिक

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाकाे आर्थिक बर्ष २०७७/०७८ काे निति, कार्यक्रम तथा बजेट बुधबार सार्वजनिक गरिएकाे छ । नगरपालिकाकाे पांचाै नगर सभाद्वारा पारित चालु आर्थिक बर्षकाे रु ६१ कराेड ३७ लाख ६७ हजार एक सय ७८ बराबरकाे निति, कार्यक्रम तथा बजेट एक कार्यक्रमकाे बिच सार्वजनिक गरिएकाे हाे ।

नगरपालिकाकाे संघ सरकारकाे समानिकरण अनुदान १२ कराेड ६४ लाख, राजश्व बाडफाड ७ कराेड ६५ लाख २० हजार ७ सय १०, सर्शत अनुदान १८ कराेड ८४ लाख, प्रदेश सरकारकाे समानीकरण अनुदान ७३ लाख ६१ हजार, सर्शत अनुदान ८० लाख, राजश्व बाडफाड ४३ लाख ७४ हजार, बिशेष अनुदान ३० लाख रहेकाे छ ।

यस्तै चालु आर्थिक बर्षकाे समाजिक सुरक्षा तथा संरक्षण भता वितरण ७ कराेड ६१ लाख ३० हजार, स्थानिय शासन तथा सामुदायिक बिकास कार्यक्रम ५ लाख, बहुक्षेत्रिय पाेष्ण कार्यक्रम १४ लाख ८० हजार, सडक बाेर्डकाे सर्शत अनुदान ३२ लाख र आन्तरिक स्राेतबाट २ कराेड २० लाख ५५ हजार ५ सय बजेट रहेकाे नगरपालिकाका लेखापाल हरि प्रसाद कुर्मीले जानकारी दिए ।

नगर प्रमुख नितेन्द्र साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उप प्रमुख गायत्री देवी, प्रमुख प्रशासकिय अधिकृत तिर्थराज यादव, लेखा अधिकृत उपेन्द्र साह लगायत सम्पूर्ण  नगर सभा सदस्य तथा कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे ।

नगर सभाले “बहुदरमाई नगरपालिकाकाे बिकास र समृद्ध आधार, शिक्षा, स्वास्थ्य, कृषी र पुर्वधार बिकास” यस बर्षकाे नारा तय गरेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...