Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

धाेबिनीमा एक महिलासहित २१ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ४ लंगडीमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । धाेबिनी गाउँपालिकाकाे आयाेजनमा भएकाे कार्यक्रममा एक महिलासहित २१ जनाले रक्तदान गरेका छन् ।

लंगडीस्थित गाउँपालिकाकाे कार्यालयमा भएकाे कार्यक्रममा लेखापाल मंदिप महतो, योजना प्रमुख महम्द मंसुर खाँ, कम्पियुटर अपरेटर तजेन्द्र माली, स्वास्थ्य संयोजक संजय यादव, अनमी निसा कुमारी, अहेब संतोष कुमार साह, सुरेश साह, स्थानिय बालकुमार सहनी, लक्ष्मी महतो, प्रमोद ठाकुर, रामाकान्त पास्वान, भुषन पासवान, आकास कुमार रौनियार, उदय सिंह पटेल, लोकनाथ पटेल, बिरेन्द्र राउत कुर्मी, अशोक यादव, भिम समानी, कृष्ण राउत कुर्मी, सुजित महतो, ईनताफ अंसारीले रक्तदान गरेका छन् ।

गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत अशाेक राैनियार, रक्त संचार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहा लगायतकाे सहभागिता रहेकाे थियाे ।

कृति डेभलपमेन्ट एण्ड स्किल प्रा.लि. लंगडीकाे सहकार्य र रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा कार्यक्रम भएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...