20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

पर्सा र बाराका थप १८ जनामा काेराेना संक्रमण पुष्टि

वीरगंज । पर्सा र बाराका थप १८ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा साेमबार राति ३०० जनाकाे स्वाब परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमित हुनेमा पर्साका ६ जना र बाराका १२ जना रहेकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए । उनका अनुसार पर्साकाे विभिन्न ठाउँबाट आएका १३६ जना र बाराकाे विभिन्न ठाउँबाट आएका १६४ जनाकाे स्वाबकाे नमुना पिसिआर विधिबाट परिक्षण गरिएकाे थियाे ।

संक्रमित हुनेमा ४ महिला र १४ पुरुष रहेका छन् । थपिएका संक्रमितहरु १२ बर्षिय बालकदेखी ८५ बर्षिय वृद्धसम्म रहेका छन् । 

प्रवक्ता डा. चाैरसियाले दिएकाे जानकारी अनुसार पर्सामा थपिएका संक्रमितहरु वीरगंज महानगरपालिकाकाे ५ जना र सखुवा प्रसाैनी गाउँपालिकाका एक जना रहेका छन् ।

त्यसैगरी बारामा थपिएका संक्रमितहरु मध्ये माेतिसरका एक जना, सशस्त्र प्रहरी बल पथलैयाका २ जना, जितपुर सिमराका ८ जना लगायतका रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.463 sec. Memory consumption:81.4 mb