Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

पर्सामा पनि ४१ औं समाजिक दिवस मनाउने गैससहरुकाे निर्णय

spot_img
spot_img

वीरगंज । पर्साका गैर सरकारी संस्थाहरुले ४१ औं समाजिक सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेका छन् । गैर सरकारी संस्थाहरुकाे आज बसेकाे बैठकले समाज कल्याण परिषदद्वारा गरिएकाे परिपत्र अनुसार पर्सामा पनि समाजिक सेवा दिवस मनाउने निर्णय गरेकाे हाे ।

समाजिक सेवा दिवस मुल समाराेह समितिले गरेकाे निर्णय बमाेजिम “समाजिक क्षेत्र, राष्ट्रिय गाैरव, आजकाे प्राथमिकता, समृद्ध र सुखकाे लागि समाजिक रुपान्तरण तथा उधमशिलता” भन्ने मुल नाराका साथ असाेज ६ गतेदेखी १२ गतेसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेका छन् ।

असमान नेपाल पर्साका संयाेजक मुनिलाल बैठाकाे अध्यक्षता र गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकले दिवस कै अवसरमा असाेज ७ गते वीरगंजस्थित रहेकाे मानव सेवा आश्रममा पनि कार्यक्रम गर्ने निर्णय गरेकाे छ ।

वीरगंज रहेकाे आसमान नेपालकाे कार्यालयमा बसेकाे बैठकमा समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवान, अरुणाेद्य युवा क्लबका महासचिव सुरज पंडित, आरती कुमारी लगायत विभिन्न गैर सरकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...