Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

छिपहरमाई गाउँपालिकामा २ जनाकाे शव फेला

spot_img
spot_img

भिस्वा । पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ४ बन्जारीमा आज विहान एक जनाकाे शव फेला परेकाे छ । भारत बिहार सिकटा निवासी ८० बर्षिय गाेकुल हजराकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ ।

बन्जारी चाैकस्थित नहरमा वृद्धकाे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनाेजित कुंवरले वताए ।  

शव फेला परेकाे स्थल प्रहरी चाैकी बन्जारी अगाडी रहेकाे छ । फेला परेकाे शवकाे पाेष्टमार्टमकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएकाे छ । 

यस्तै बन्जारी मै एक युवककाे झुन्डिएकाे अवस्थामा शव फेला परेकाे छ । स्थानिय मदन यादवका २३ बर्षीय छोरा भिम यादवकाे आफ्नै घरमा झुन्डिएकाे अवस्थामा शव फेला परेकाे प्रहरीले जनाएकाे छ ।

घरमा काेइ नभएकाे बलेमा उनले झुण्डिएर आत्म हत्या गरेकाे स्थानियहरुले वताएका छन् । शवकाे पोष्टमार्टमका लागी नारायणी अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले बताए ।

यस अघि पनि बन्जारीमा काेराेना महामारी सरु भए यता ६ जनाले आत्म हत्या गरि सकेका छन् । घटना बारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...