Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

छिपहरमाई गाउँपालिकामा २ जनाकाे शव फेला

spot_img
spot_img

भिस्वा । पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ४ बन्जारीमा आज विहान एक जनाकाे शव फेला परेकाे छ । भारत बिहार सिकटा निवासी ८० बर्षिय गाेकुल हजराकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ ।

बन्जारी चाैकस्थित नहरमा वृद्धकाे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनाेजित कुंवरले वताए ।  

शव फेला परेकाे स्थल प्रहरी चाैकी बन्जारी अगाडी रहेकाे छ । फेला परेकाे शवकाे पाेष्टमार्टमकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएकाे छ । 

यस्तै बन्जारी मै एक युवककाे झुन्डिएकाे अवस्थामा शव फेला परेकाे छ । स्थानिय मदन यादवका २३ बर्षीय छोरा भिम यादवकाे आफ्नै घरमा झुन्डिएकाे अवस्थामा शव फेला परेकाे प्रहरीले जनाएकाे छ ।

घरमा काेइ नभएकाे बलेमा उनले झुण्डिएर आत्म हत्या गरेकाे स्थानियहरुले वताएका छन् । शवकाे पोष्टमार्टमका लागी नारायणी अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले बताए ।

यस अघि पनि बन्जारीमा काेराेना महामारी सरु भए यता ६ जनाले आत्म हत्या गरि सकेका छन् । घटना बारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...