20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजका ९ सहित पर्सामा थप १२ जनामा काेराेना संक्रमण पुष्टि

वीरगंज । पर्सामा थप १२ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा शनिबार राति पर्साका ९६ जनाकाे स्वाबकाे नमुना परिक्षणण ३ महिलासहित १२ जनामा संक्रमण देखिएकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

संक्रमित हुनेमा १५ बर्षिय बालकदेखी ८८ बर्षिय वृद्ध सम्म रहेका छन् । संक्रमितहरुकाे सिटी भ्यालु २० देखी ३४ सम्म रहेकाे उनले जनाए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार वीरगंज कारागारका ३५ बर्षिय महिला, वीरगंज महानगरपालिकाकाे वडा नं. १ का ३२ बर्षिय पुरुष, वडा नं. ३ का ५० बर्षिय पुरुष, वडा नं. ५ का ५२ बर्षिय पुरुष, वडा नं. ६ का ८८ बर्षिय पुरुष, वडा नं. १३ का २६ बर्षिय महिला, ४२ बर्षिय पुरुष, वडा नं. १५ का १५ बर्षिय पुरुष र वडा नं. १९ का ३२ बर्षिय पुरुष संक्रमित भएका छन् ।

यस्तै पर्सागढी नगरपालिका वडा नं. ७ का ४० बर्षिय पुरुष, धाेबिनी गाउँपालिका वडा नं. ४ का ३० बर्षिय महिला र टेडा जितपुरका २६ बर्षिय पुरुषमा संक्रमण देखिएकाे उनले जानकारी गराए ।    

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.821 sec. Memory consumption:81.4 mb