Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

जसपा पर्साद्वरा अधुराे संविधान रहेकाे भन्दै बिराेध प्रदर्शन

spot_img
spot_img

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)ले संविधान दिवसको विरोधमा प्रदर्शन गरेको छ । जसपाका नेता कार्यकर्ताले ‘अपुरो संविधान विरोध कार्यक्रम’ नारा लेखिएको ब्यानरसहित पर्साको सदरमुकाम वीरगञ्जमा प्रदर्शन गरेका हुन् ।

वीरगञ्जको घण्टाघरबाट शुरु भएको विरोध कार्यक्रम नगर परिक्रमा गरेर घण्टाघरमै पुन: पुगेर विरोध सभामा परिणत भएको थियो ।

काेण सभालाई सम्बाेधन गर्दै जसपा नेता लक्ष्मणलाल कर्णले मधेसी, जनजाति, दलित, महिला लगायत बहिस्कृत समुदायको अधिकार संविधानमा नसमेटिएको बताए । संविधान जारी भएको बेला आफूहरुमाथि घात भएको भन्दै उनले भने, ‘अरु दिपावली मनाइरहेका छन् । तर हामी संविधान संसोधन नभएसम्म यसको विरोध गरिरहन्छौं ।’

विरोध कार्यक्रममा प्रदेश सांसद सिंघासन कलवार, रमेश पटेल, करिमा बेग्म, जसपाका नेता नेजामुद्दिन समानी, रामनरेश यादव, जगदिश पटेल, सुन्दर कुर्मी, तबरेज अहमद, बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु, युवा नेता गाैरीशंकर साह, बासुदेव यादव, ईश्वर यादव, रबदुला खान, अंशु साह कानु, रुस्तम शेख, मनमोहन पाण्डे लगायतका पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

जसपाले संविधान संशोधनको माग गर्दै आएको छ तर सरकारले सुनुवाई गरेको छैन । कतिपयले संविधानको मर्मलाई स्वीकार गरेर चुनावमा सहभागी भएको, संघीय सरकारमा गएको, प्रदेश २ सरकारको नेतृत्व गरिरहेको अवस्थामा संविधानको विरोध गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरिरहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...