20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

जसपा पर्साद्वरा अधुराे संविधान रहेकाे भन्दै बिराेध प्रदर्शन

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)ले संविधान दिवसको विरोधमा प्रदर्शन गरेको छ । जसपाका नेता कार्यकर्ताले ‘अपुरो संविधान विरोध कार्यक्रम’ नारा लेखिएको ब्यानरसहित पर्साको सदरमुकाम वीरगञ्जमा प्रदर्शन गरेका हुन् ।

वीरगञ्जको घण्टाघरबाट शुरु भएको विरोध कार्यक्रम नगर परिक्रमा गरेर घण्टाघरमै पुन: पुगेर विरोध सभामा परिणत भएको थियो ।

काेण सभालाई सम्बाेधन गर्दै जसपा नेता लक्ष्मणलाल कर्णले मधेसी, जनजाति, दलित, महिला लगायत बहिस्कृत समुदायको अधिकार संविधानमा नसमेटिएको बताए । संविधान जारी भएको बेला आफूहरुमाथि घात भएको भन्दै उनले भने, ‘अरु दिपावली मनाइरहेका छन् । तर हामी संविधान संसोधन नभएसम्म यसको विरोध गरिरहन्छौं ।’

विरोध कार्यक्रममा प्रदेश सांसद सिंघासन कलवार, रमेश पटेल, करिमा बेग्म, जसपाका नेता नेजामुद्दिन समानी, रामनरेश यादव, जगदिश पटेल, सुन्दर कुर्मी, तबरेज अहमद, बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु, युवा नेता गाैरीशंकर साह, बासुदेव यादव, ईश्वर यादव, रबदुला खान, अंशु साह कानु, रुस्तम शेख, मनमोहन पाण्डे लगायतका पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

जसपाले संविधान संशोधनको माग गर्दै आएको छ तर सरकारले सुनुवाई गरेको छैन । कतिपयले संविधानको मर्मलाई स्वीकार गरेर चुनावमा सहभागी भएको, संघीय सरकारमा गएको, प्रदेश २ सरकारको नेतृत्व गरिरहेको अवस्थामा संविधानको विरोध गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरिरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सरकार अध्यादेश ल्याएर पार्टी फुटाउन लागिपरेको विपक्षी दलकाे आरोप

कालिका टाईम्स

यो सरकार २०८४ को निर्वाचनसम्म चल्छ : कानुन मन्त्री चाैरसिया

कालिका टाईम्स

सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन मन्त्री यादवको निर्देशन

कालिका टाईम्स
SQL requests:216. Generation time:3.119 sec. Memory consumption:81.55 mb