20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

प्रशासनले सिमानाकामा कडाई गरोस : सांसद यादव

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले भारतसंग जोडिएको पर्साको सबै सिमानाकामा व्यापक रुपमा कडाई गर्न स्थानीय प्रशासनलाई सुझाव दिएका छन ।

जिल्ला समनव्य समिती पर्साको सभाहलमा आयोजित आयुर्वेदिक औषधी हस्तानतरण कार्यक्रममा बोल्दै सांसद यादवले पर्सा जिल्लाको खुला सिमानाकाहरुबाट मानिसको आवत जावत बढेको बताउदै स्थानीय प्रशासनलाई कडाई गर्न आग्रह गरे । सिमाको अवस्था नाजुक रहेको बताउदै सांसद यादवले भने म स्वयम सशस्त्रका डिआईजी तथा स्थानीय सरक्षा निकायका प्रमुख सहितको टोली लिएर सिमाको अनुगमन गरेको थिए । अनुगमन गरिएको समय एउटा सियो पनि यता उता भएन तर हामी फर्के पछि पुन सिमा क्षेत्रमा चहल पहल भइरहेको गुनासोहरु आएको सुनाए ।

सिमा सिल भएपनि मानिसको ओहोर दोहोर रोकिएको छैन, स्थानीय प्रशासनले तत्काल सिमा नाकामा कडाई गर्नु पर्ने आवश्यक देखेको छु सांसद यादवले भने । सिमा नाकामा कडाई नगर्दा विगतमा वीरगञ्जमा कोरोना संक्रमणको अवस्था भयावह भएको थियो । यदी त्यस घटनाबाट पाठ सिकेर अहिले सिमा नाकामा पुरै कडाई गर्न सकिएन भने पर्साको अवस्था पुन: भयावह हुन सक्ने भएकोले स्थानीय प्रशासनले सिमानाकामा थप कडाई गर्नु पर्ने उनले सुझाए ।

पर्सामा अहिले निषेधाज्ञा केही खुकुलो भएपनि कोरोना संक्रमण खत्म भयो भनेर निष्फीक्री भएर बस्ने अवस्था नरहेको बताउदै सांसद यादवले भने हामी अहिले पनि सतर्क र सचेत रहेर सरकारले दिएको गाइड लाइनको पालना गर्न आम सर्वसाधारणलाई आग्रह गरे । उनले लकडाउनको सुरुदेखी नै आफुले सक्दो सहयोग गरेको बताउदै अगामी दिनमा पनि आफ्नो सहयोग निरन्तर जारी रहने जिकिर गरे ।

कार्यक्रममा बोल्दै जिल्ला समनव्य समिती पर्साका प्रमुख नेक महमद अंसारीले कोभिड अस्पतालको साथ साथै होम आइसोलेशनमा रहेकाहरुलाई पनि आयुर्वेदिक औषधी दिन आग्रह गरेका थिए ।

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र वीरगञ्ज पर्साले कोभिड एक्शन टिम क्याटको पहलमा अस्थायी कोभिड गण्डक अस्पताललाई आयुर्वेदिक औषधी हस्तानतरण गरेकाे थियाे ।

साे अवसरमा स्वास्थ्य केन्द्र वीरगंजका प्रमुख डा रमेश मिश्रा, डा. दिपक चौरसीया, क्याटका सदस्य तबरेज अहमद, सञ्जीव मिश्रा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण समाजवादी पार्टीका युवा नेता निखिल वर्णवालले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.435 sec. Memory consumption:81.47 mb