वीरगंज । नारायणी अस्पतालकाे प्रयाेगशालामा शुक्रबार राति गरिएकाे परिक्षणमा ५२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
१५२ जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा ११ महिलासहित ५२ जनामा काेराेना संक्रमण फेला परेकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए । संक्रमित हुनेमा ४ महिने बालकदेखी ६८ बर्षिय वृद्धसम्म रहेका छन् ।
संक्रमितहरुकाे सिटी भ्यालु १५ देखी ३५ सम्म रहेकाे प्रवक्ता डा. चाैरसियाले वताए । उनका अनुसार पर्साका ६ जना, बाराका ४५ जना र सर्लाहीका एक जना संक्रमित भएका हुन् ।
पर्साकाे वीरगंज महानगरपालिका वडा नं. ३ र १९ का एक-एक जना र बाल सुधार गृहका ३ जनामा संक्रमण देखिएकाे छ । संक्रमित हुने एक जनाकाे ठेगाना खुलेकाे छैन ।
त्यसैगरी बाराको बारागढी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय बारागढीमा ८ जना संक्रमित थपिएका छन् । सोहि गाउँपालिकास्थित अठहइ प्रहरी चौकीमापनि एक जना, बारागढी कै सिखी पठराहमा दुई जना र श्रीपुरमा एक जनामा संक्रमण पुष्टि भएको छ । बारामा थपिने अन्य सबै संक्रमित सदरमुकाम कलैयाका बासिन्दा हुन् ।
त्यसैगरी सर्लाहीको एक जनामा पनि संक्रमण देखिएकाे प्रवक्ता डा. चौरसियाले जानकारी गराए ।