Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

नेकपा पर्साकाे जिल्ला कमिटी बैठक बाेलाउन माग

spot_img
spot_img
वीरगन्ज । नेकपा जिल्ला कमिटी पर्साका ५१ जना जिल्ला कमिटी सदस्यहरुले अध्यक्ष प्रभु हजारालाई बैठक बोलाउन माग गरेका छन् । पर्सा पार्टी जिल्ला कमिटी सदस्य राघव साहको नेतृत्वमा गएको जिल्ला सदस्यहरुको टोलीले लिखित रुपमाले बैठक वोलाउँन अध्यक्ष हजरासँग माग गरेका हुन् ।
 
जिल्ला कमिटीको अध्यक्ष मनोनित भएको एक बर्ष बिति सक्दा पनि कमिटीको बैठक बस्न नसक्नु पार्टीको बिधि र बिधान बिपरित रहेको भन्दै जिल्ला सदस्यहरुको एक टोलीले हजारालाई लिखित रुपमै ५१ जना सदस्यहरुले हस्ताक्षर गरेको पत्र बुझाएका हुन् ।
 
सदस्यहरुले बुझाएको पत्रमा विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीमा कोरोना हटस्पट बनेको पर्सा जिल्लाको जिवन रक्षाको निम्ती पनि पार्टीले कुनै उल्लेख्य कार्य नगरेको कारण हाम्रो पार्टीको जिवन्तता माथी नै प्रशन चिन्ह् खडा भएको उल्लेख गरिएको छ ।
 
अध्यक्ष हजरालाई बुझाइएको पत्रमा सपथ भएपछि हाल सम्म कमिटिको कुनै बैठक नवसेको कारण जिल्लामा पार्टी कमिटीहरुलाई व्यवस्थित गर्दै पर्सेली जनताको हितमा पार्टीले गर्नु पर्ने कामको नाममा एउटा सिन्को पनि नभाचिएको भनिएको छ साथै पार्टीलाई सुद्धढ पार्न गर्नु पर्ने कार्य अन्तर्गत सचिवालय गठन नहुनु, जिल्ला कमिटी सदस्यहरुको कार्य विभाजन नहुनु, जिल्ला अवस्थित पालिका कमिटिहरुले पुर्णता नपाउँनु र पाइसकेकाहरुको सपथ हुन नसक्नुले जिल्ला पार्टी नेतृत्व पार्टी संचालनमा गैर जिम्मेवार र असंक्षम रहेको हाम्रो ठहर रहेको पत्रमा उल्लेख गरिएको छ ।
 
पार्टी भित्र देखिएको तमाम बेथितीको संस्थागत हल खोज्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरिम बिधान –२०७५ को धारा ५९ को (क) १ बमोजिम जिल्ला कमिटीको बैठक २/२ महिनामा वस्नु पर्ने बैधानिक व्यवस्थासमेतलाई बेवस्ता गरिएको हुनाले धारा ५९ कै (क) को ४ बमोजिम हामी तपसिलका २५ प्रतिशत जिल्ला कमिटि सदस्यहरुले अविलम्ब जिल्ला कमिटिको बैठक वोलाउन जोडदार रुपमा माग गर्दछौं पत्रमा उल्लेख गरिएको छ ।
 
साथै हाम्रो मागलाई बेवस्ता गरिए नेकपाको अन्तरिम बिधान २०७५ को बैधानिक व्यवस्था अनुरुप थप अगाडी बढने व्यहोरासमेत पत्रमा उल्लेख गरिएको छ । ५१ जना जिल्ला सदस्यहरुले बैठक माग गर्दै हस्ताक्षर गरेको पत्र बुझाउन जिल्ला सदस्यहरु धनबहादुर श्रेष्ठ, राजेन्द्र चौधरी, बिनयलाल साह, टुनटुन तिवारी लगायतका टोली पत्र बुझाउन अध्यक्ष हजाराको निवासमै पुगेको जिल्ला कमिटि सदस्य राघव साहले बताउनुभयो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...