24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

नेकपा पर्साकाे जिल्ला कमिटी बैठक बाेलाउन माग

वीरगन्ज । नेकपा जिल्ला कमिटी पर्साका ५१ जना जिल्ला कमिटी सदस्यहरुले अध्यक्ष प्रभु हजारालाई बैठक बोलाउन माग गरेका छन् । पर्सा पार्टी जिल्ला कमिटी सदस्य राघव साहको नेतृत्वमा गएको जिल्ला सदस्यहरुको टोलीले लिखित रुपमाले बैठक वोलाउँन अध्यक्ष हजरासँग माग गरेका हुन् ।
 
जिल्ला कमिटीको अध्यक्ष मनोनित भएको एक बर्ष बिति सक्दा पनि कमिटीको बैठक बस्न नसक्नु पार्टीको बिधि र बिधान बिपरित रहेको भन्दै जिल्ला सदस्यहरुको एक टोलीले हजारालाई लिखित रुपमै ५१ जना सदस्यहरुले हस्ताक्षर गरेको पत्र बुझाएका हुन् ।
 
सदस्यहरुले बुझाएको पत्रमा विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीमा कोरोना हटस्पट बनेको पर्सा जिल्लाको जिवन रक्षाको निम्ती पनि पार्टीले कुनै उल्लेख्य कार्य नगरेको कारण हाम्रो पार्टीको जिवन्तता माथी नै प्रशन चिन्ह् खडा भएको उल्लेख गरिएको छ ।
 
अध्यक्ष हजरालाई बुझाइएको पत्रमा सपथ भएपछि हाल सम्म कमिटिको कुनै बैठक नवसेको कारण जिल्लामा पार्टी कमिटीहरुलाई व्यवस्थित गर्दै पर्सेली जनताको हितमा पार्टीले गर्नु पर्ने कामको नाममा एउटा सिन्को पनि नभाचिएको भनिएको छ साथै पार्टीलाई सुद्धढ पार्न गर्नु पर्ने कार्य अन्तर्गत सचिवालय गठन नहुनु, जिल्ला कमिटी सदस्यहरुको कार्य विभाजन नहुनु, जिल्ला अवस्थित पालिका कमिटिहरुले पुर्णता नपाउँनु र पाइसकेकाहरुको सपथ हुन नसक्नुले जिल्ला पार्टी नेतृत्व पार्टी संचालनमा गैर जिम्मेवार र असंक्षम रहेको हाम्रो ठहर रहेको पत्रमा उल्लेख गरिएको छ ।
 
पार्टी भित्र देखिएको तमाम बेथितीको संस्थागत हल खोज्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरिम बिधान –२०७५ को धारा ५९ को (क) १ बमोजिम जिल्ला कमिटीको बैठक २/२ महिनामा वस्नु पर्ने बैधानिक व्यवस्थासमेतलाई बेवस्ता गरिएको हुनाले धारा ५९ कै (क) को ४ बमोजिम हामी तपसिलका २५ प्रतिशत जिल्ला कमिटि सदस्यहरुले अविलम्ब जिल्ला कमिटिको बैठक वोलाउन जोडदार रुपमा माग गर्दछौं पत्रमा उल्लेख गरिएको छ ।
 
साथै हाम्रो मागलाई बेवस्ता गरिए नेकपाको अन्तरिम बिधान २०७५ को बैधानिक व्यवस्था अनुरुप थप अगाडी बढने व्यहोरासमेत पत्रमा उल्लेख गरिएको छ । ५१ जना जिल्ला सदस्यहरुले बैठक माग गर्दै हस्ताक्षर गरेको पत्र बुझाउन जिल्ला सदस्यहरु धनबहादुर श्रेष्ठ, राजेन्द्र चौधरी, बिनयलाल साह, टुनटुन तिवारी लगायतका टोली पत्र बुझाउन अध्यक्ष हजाराको निवासमै पुगेको जिल्ला कमिटि सदस्य राघव साहले बताउनुभयो ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:208. Generation time:5.669 sec. Memory consumption:81.25 mb