20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

कालिकामाईका ५ सहित पर्सामा थप १४ जनामा काेराेना पुष्टि

वीरगञ्ज । पर्सामा थप १४ जना कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । पर्सामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितकाे संख्या फेरी बढ्न थालेको छ । पछिल्लो केही दिनदेखि घट्दै गएको कोरोना सङ्क्रमित फेरी बढ्न थालका हुन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोशालामा बिहिबार राति गरिएको परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण फेला परेकाे छ । जसमध्ये पर्साका १४ जना,  बारा ६ जना र राैतहटका ४ जना रहेका छन् । 

बुधबार पनि पर्सामा १७ जना काेराेना संक्रमण फेला परेकाे थियाे ।

पर्सा, बारा र रौतहटको विभिन्न स्थानबाट आएकाे २ सय ८८ जनाको थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा ६ महिलासहित २४ जनामा काेराेना पाेजिटिभ देखिएकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

थपिएका संक्रमितहरुको सिटि भ्यालु १५ देखि ३४ सम्म रहेको उनले जानकारी गराए ।

पर्सामा थपिएका संक्रमितहरु वीरगञ्ज महानगरपालिकाका ३ जना, सखुवा प्रसाैनी गाउँपालिकाका एक जना, कलिकामाई गाउँपालिका र पर्सागढी नगरपालिकाका ५/५ जना रहेका छन् । कालिकामाईमा भेटिएका सबै संक्रमित वडा नं. १ का रहेकाे प्रवक्ता डा. चाैरसियाले वताए ।

त्यसतै बाराको जितपूरसिमरा उपमहानगरपालिकामा एक जना, कोल्भी नगरपालिकामा तिन जना र महागढीमाई नगरपालिकामा दुई जनामा संक्रमण पुष्टि भएको छ ।

रौतहटको गढीमाई नगरपालिकामा दुई जना, मादवनारायण नगरपालिकाका एक जना र इलाका प्रहरी कार्यालय गरुडाका एक जनामापनि संक्रमण देखिएकाे डा. चौरसियाले जनाए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.797 sec. Memory consumption:81.47 mb