Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईकाे प्रमुख प्रशासकिय अधिकृतमा जयचन्द्र साह हाजिर

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा जय चन्द्र साह बिहिबार हाजिर भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीकाे शाखा अधिकृतमा कार्यरत साहकाे कालिकामाईकाे प्रमुख प्रशासकिय अधिकृतमा सरुवा भएपछि उनी हाजिर भएका हुन् ।

साहलाई गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहा लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरुले स्वागत गरेका थिए । साहले आजैदेखी कार्यभारसमेत सम्मालेका छन् ।

एक महिना अघि नै कालिकामाईकाे प्रमुख प्रशासकिय अधिकृत राजु साहकाे दाेलखाकाे सैलुङ्ग गाउँपालिकामा सरुवा भएकाे थियाे । त्यसकाे १० दिनपछि संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले कालिकामाईकाे प्रमुख प्रशासकिय अधिकृतमा चयचन्द्र साहकाे सरुवा गरेपनि उनी बिहिबार मात्र हाजिर भएका हुन् ।

नयाँ प्रमुख प्रशासकिय अधिकृत साहलाई गाउँपालिका अध्यक्ष कुशवाहासहित वडा नं. २ का वडाध्यक्ष साेनालाल चाैरसिया, वडा नं. ३ का वडाअध्यक्ष संजय पटेल, वडा नं. ५ का वडाध्यक्ष पवन तिवारी लगायतकाले स्वागत गरेकाे गाउँपालिकाकाे आइटी अफिसर अमित चाैरसियाले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...