Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

गरिबको पिडा दर्शाउने “पेट बड़ी पापी”

spot_img
spot_img
वीरगंज । नेपालका युवाहरूद्वारा भोजपुरी गीत संगीत, कथा कहानी, कला संस्कृतीमा निरन्तर कार्य गर्नुको साथै अश्लीलको बिरोध र श्लीलको प्रचार प्रसार गरिदै छ ।
 
बिगतका दिनहरुमा “जेंवना” नामक फेसबुक पेजबाट्ट भोजपुरिको धरोहरका रूपमा रहेको लोकगित, लोकधुन, परम्परा, संकृतीहरू बारे नियमित भिडियो बनाई छोटो समयमा राम्रो नाम कमाएका समुह अब भोजपुरी समाजमा रहेको दुख र पिडा बारे सांगीतिक माध्यमले अगाडि बढने संकल्पका साथ अगाडि बढिरहेको ति समुहका सदस्य अशोक कुश्वाहा बताउनुहुन्छ ।
 
वर्तमान समयमा वीरगंजबाट्ट श्याम सरार्फद्वारा लिखित उनकै आवाजमा निर्माता राकेश यादव “मितवा, संदिप प्रजापती अभिनीत “पेट बड़ी पापी” भोजपुरी गीत चाडै बजारमा आउदै छ । यो गीत/वीडियो का निर्देशक राजन श्रीवास्तव हुन भने बिवेक परियारले आफ्नो संगितले सजाएका छन ।
 
भोजपुरि समाजमा रहेको गरीबी र गरीबीका कारण आफ्नो घर परिवार छोडी विदेश पलायन भईरहेका युवाको व्यथामाथी फ़िलमाईएको यस भिडियो गितको बैनर सोसलमिडिया लगायत बिभिन्न संचारमाध्यमा व्यापक रूचाईएको छ । साथै धैरै जना यस भिडियो गितको प्रतिक्षामा रहेको सोसल मिडियामा राखिएको बैनरको कमेन्टबाट्ट सहजै बुझिएको छ ।
 
भोजपुरी गीत संगीतमाथी भईरहेको काम हेरेर ६ दशक पहिला रहेको भोजपुरी गीत संगीत अनी सिनेमाको स्थिति अब फेरी चाडै फर्किने आभास भईरहेको भोजपुरीकर्मीहरू बताउन्छन् । क्षणिक स्वार्थपूर्ति र क्षणिक इज्जत अनी पैसाको लागी अश्लील लेख्ने अनेकन भोजपुरी गीतकारका बीच यस्तो गीत आउनु श्लील गीत, संगीत वा सिनेमामा काम गरिरहेका लागी सकारात्मक पक्ष हेर्न सकिन्छ । साथै अश्लीलताको मुखमा कालो मोसो लगाउने शुभ कार्य पनि भईरहेको भोजपुरीकर्मीहरूको बुझाई रहेको छ ।
 
अश्लीलताको बाजारमा प्रतिस्प्रधात्मक रूपमा आईरहेको यस्तो श्लील गीतहरू हाम्रो परिवारका साथै सार्वजनिक ठाउँमा सुन्न सकिने वा देखन सकिने छ । श्लील गीतहरू माथी काम गरिरहेका हरेक गीत संगीत वा सिनेमासंग जोडिएका ब्यक्तिहरूको प्रोत्साहन स्वरूप हामी यस्तो गीतहरू देखेर, सुनेर, शेयर गरेर आफ्नो भाषा संस्कृती प्रतिको जिम्मेवारी पूरा गरेर अश्लीलता माथी काम गर्नेहरूलाई निरुत्साहित गर्न सकिने निर्माता पक्षकाे भनाई छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...

आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ

काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा...

भारी वर्षाको सम्भावना, पर्सावासीलाई सतर्क रहन प्रशासनको आग्रह

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आगामी दिनमा भारी वर्षा तथा अति भारी वर्षाको सम्भावना रहेकाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कार्यालयले बुधबार...