20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजमा जारी निषेधाज्ञा असोज १५ सम्म

वीरगंज । वीरगंज महानगरपालिकामा जारी निषेधाज्ञालाई आगामी असोज १५ गतेसम्मका लागि बढाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा आज बिहान बसेको जिल्ला सुरक्षा समितिकाे बैठकले जारी निषेधाज्ञालाई आगामी असोज १५ गते राति १२ बजेसम्मका निरन्तरता दिने निर्णय गरेकाे हाे ।

निषेधाज्ञा जारी रहेपनि नियम पालना गरी बजार खाेल्ने र सवारी साधान संचालन गर्न पाइने छ । यसका साथै सार्वजनिक सेवा प्रवाह गर्ने सबै कार्यालय र संघसंस्थाबाट आवश्यक स्वास्थ्य सुरक्षा सर्तकर्ता अपनाउदैं दिइएको निर्देशन पालना गरी सेवा प्रवाह गर्न दिने निर्णय भएको छ । सेवा लिने र दिनेले कम्तीमा दुई मिटर दुरी कायम गर्नुपर्ने र अनिवार्य रुपमा मास्क प्रयोग गर्न बैठकले निर्देश गरेको छ ।

यस्तै, पचास प्रतिशत मात्र यात्रु राखी पचास प्रतिशत बढी भाडा लिएर आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर मात्र सवारी साधन संचालन गर्न बैठकले निर्णय गरेको छ ।

यस्तै, बिहान ८ बजेसम्म मात्रै खुल्न भनिएका फलफुल पसल खोल्न अब समय तोकिएको छैन । तर छुट्याइएको निश्चित स्थान बाहेक अन्य स्थानमा गएर फलफूल विक्रि गर्नेलाई भने कारबाही गरिने प्रशासनको चेतावनी छ ।

योसँगै अब बिहानैदेखि दिनभर फलफुल पसल संचालन गर्न सकिने छ । यस्तै अन्य बजार तथा पसलहरु भने बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै खोल्ने यसअघिकै निर्देशनलाई यथावत राखेको छ ।

कोभिड संक्रमण फैलन नदिन नो मास्क नो मुभ अभियानलाई कडाइका साथ लागु गर्न मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्नेलाई कारबाही गर्ने पनि चेतावनी दिएको छ ।

लामाे दुरीकाे सवारी प्रत्येक दिन चलाउन पाइने भए पनि स्थानिय स्तरमा जाेर गते जाेर नम्बरकाे सवारी चलाउन र बिजाेर गते बिजाेर नम्बरकाे सवारी साधान संचालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी सुचनामा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:2.829 sec. Memory consumption:81.48 mb