Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

जगरनाथपुर गापाकाे ४४ कराेड ४७ लाख बराबरकाे बजेट सार्वजनिक

spot_img
spot_img

वीरगञ । पर्साको जगरनाथपुर गाउँपालिकाको चौथो गाउँ सभाद्वारा पारित आर्थिक वर्ष ७७/७८ को बजेट तथा कार्यक्रम बुधबार सार्वजनिक गरिएकाे छ । गाउँ सभाद्वारा पारित चालु आर्थिक बर्षकाे ४४ करोड ४७ लाख बाराबरकाे बजेट आज एक कार्यक्रमकाे बिच सार्वजनिक गरिएकाे गाउँपालिकाकाे लेखापाल संजय पटेलले वताए ।

गाउँ सभा असार मै सम्पन्न भएपनि सभाद्वारा पारित बजेट र कार्यक्रम बुधबार सार्वजनिक गरिएकाे उनले जानकारी गराए ।

बजेटमा पालिकाको सम्पुर्ण घरमा गैस चुल्हा बितरण गर्ने, जेष्ठ नागरिकलाई आवश्यक सामग्री तथा उपचार प्रदान गर्ने, सबै वडालाई एक आपसमा जोडने सडक संजाल, दलितको घर उज्यालो अभियान अन्तर्गत निशुल्क मिटर र विधुत जडान गर्ने, पालिका अन्तर्गतका कोरोना बिरामीलाई पालिका मै राखि उपचार गर्ने लगायतका योजनालाई प्राथमिकता दिईएको प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरिले वताए ।

पालिकाकाे ७ हजार ५ सय घरधुरीमा गैस चुल्हो र सिलेण्डर वितरणका लागि ६ करोड २५ लाख बजेट छुट्याईएको गाउँपालिका अध्यक्ष जालिम मियांँले जानकारी दिए । महिलाहरूलाई दाउरा बाल्ने बाध्यताबाट मुक्ती दिलाउन यस वर्षको बजेटमा गैस चुल्हो सिलेण्डर वितरणको मुख्य योजना बनाईएको मियाँले बताए ।

गाउँपालिका अध्यक्ष मियाँको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती पर्साका सह संयोजक ठाकुर न्यौपाने, पोखरिया नगरपालिकाका मेयर दिपनरायण रौनियार, उप प्रमुख सलमा खातुन, कालिकामाई गाउँपालिका प्रमुख नथुनी कुशवाहा, संविधान सभा सदस्य प्रदुमन चौहान, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, सचिव विजय महतो, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी लगायतले मन्तव्य राखेका थिए ।

सरिफ गद्दीले स्वागत मन्तव्य राखेकाे कार्यक्रमको संचालन गाउँपालिका स्वास्थ्य संयाेजक प्रमेन्दर प्रसाद साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...