Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

जगरनाथपुर गापाकाे ४४ कराेड ४७ लाख बराबरकाे बजेट सार्वजनिक

spot_img
spot_img

वीरगञ । पर्साको जगरनाथपुर गाउँपालिकाको चौथो गाउँ सभाद्वारा पारित आर्थिक वर्ष ७७/७८ को बजेट तथा कार्यक्रम बुधबार सार्वजनिक गरिएकाे छ । गाउँ सभाद्वारा पारित चालु आर्थिक बर्षकाे ४४ करोड ४७ लाख बाराबरकाे बजेट आज एक कार्यक्रमकाे बिच सार्वजनिक गरिएकाे गाउँपालिकाकाे लेखापाल संजय पटेलले वताए ।

गाउँ सभा असार मै सम्पन्न भएपनि सभाद्वारा पारित बजेट र कार्यक्रम बुधबार सार्वजनिक गरिएकाे उनले जानकारी गराए ।

बजेटमा पालिकाको सम्पुर्ण घरमा गैस चुल्हा बितरण गर्ने, जेष्ठ नागरिकलाई आवश्यक सामग्री तथा उपचार प्रदान गर्ने, सबै वडालाई एक आपसमा जोडने सडक संजाल, दलितको घर उज्यालो अभियान अन्तर्गत निशुल्क मिटर र विधुत जडान गर्ने, पालिका अन्तर्गतका कोरोना बिरामीलाई पालिका मै राखि उपचार गर्ने लगायतका योजनालाई प्राथमिकता दिईएको प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरिले वताए ।

पालिकाकाे ७ हजार ५ सय घरधुरीमा गैस चुल्हो र सिलेण्डर वितरणका लागि ६ करोड २५ लाख बजेट छुट्याईएको गाउँपालिका अध्यक्ष जालिम मियांँले जानकारी दिए । महिलाहरूलाई दाउरा बाल्ने बाध्यताबाट मुक्ती दिलाउन यस वर्षको बजेटमा गैस चुल्हो सिलेण्डर वितरणको मुख्य योजना बनाईएको मियाँले बताए ।

गाउँपालिका अध्यक्ष मियाँको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती पर्साका सह संयोजक ठाकुर न्यौपाने, पोखरिया नगरपालिकाका मेयर दिपनरायण रौनियार, उप प्रमुख सलमा खातुन, कालिकामाई गाउँपालिका प्रमुख नथुनी कुशवाहा, संविधान सभा सदस्य प्रदुमन चौहान, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, सचिव विजय महतो, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी लगायतले मन्तव्य राखेका थिए ।

सरिफ गद्दीले स्वागत मन्तव्य राखेकाे कार्यक्रमको संचालन गाउँपालिका स्वास्थ्य संयाेजक प्रमेन्दर प्रसाद साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...