वीरगञ्ज । पर्सामा फेरी ५ जनामा कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।
नारायणी अस्पतालकाे प्रयाेगशालामा मंगलबार पर्साका एक सय ५२ जनाको पिसिआर प्रविधिबाट थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा एम महिलासहित ५ जनामा संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले वताए ।
प्रवक्ता डा. चाैरसियाका अनुसार वीरगंज महानगरपालिकाकाे एक जना, बहुदरमाई नगरपालिकाकाे २ जना, पर्सागढी नगरपालिका र नारायणी अस्पतालका एक-एक जना संक्रमित भएका छन् । संक्रमितहरुको सिटी भ्यालु १५ देखि ३० सम्म रहेको छ ।
मंगलबार नारायणीमा कुल २०८ जनाको स्वाब परिक्षण गरिएको थियो । जसमध्ये पर्साका १५२ जना रहेका थिए ।
नारायणीमा साेमबार पर्साका ४० जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा सबै जनाकाे रिपाेर्ट नगेटिभ आएकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस