Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

पाेखरियामा शैक्षिक सामग्री तथा सेनेटरी पैड वितरण

spot_img
spot_img

पाेखरिया । पर्साकाे पोखरिया नगरपालिका वडा नं. ७ मा रहेको श्री महोबनी पदम माविमा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच शैक्षिक सामग्री तथा सेनेटरी पैड वितरण गरिएकाे छ ।

वडाध्यक्ष अध्यक्ष नन्दलाल पटेलकाे अध्यक्षता र नगर प्रमुख दिपनारायण प्रसाद रौनियारकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बैकल्पिक प्रणालीबाट बिद्यार्थीहरुलाई शिक्षण कार्यक्रम अन्तर्गत कक्षा ९/१० का छात्र/छात्राहरुलाई काँपी, कलम वितरण गरिएकाे हाे । 

यस्तै साेही कार्यक्रममा कक्षा ६, ७, ८, ९, १० का छात्राहरुलाई सरसफाइमा पंहुच पुर्याउनुको लागि सेनेटरि पैड वितरण गरिएकाे मेयर राैनियारका स्वकिय सचिव राजु राैनियारले जानकारी दिए । 

विद्यालयमा मै भएकाे कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लालबाबु प्रसाद चौहान, नगरपालिकाकाे शिक्षा शाखाका बालदेव भट, समाजिक बिकास शाखाका नरेन्द्र साह कानु, समाजसेवी महमुद आलम लगायतको सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...