Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजमा गरिएकाे परिक्षणमा बारा र राैतहटका थप २६ जनामा काेराेना

spot_img
spot_img

वीरगंज । नारायणी अस्पताल वीरगंजकाे प्रयाेगशालामा साेमबार गरिएकाे परिक्षणमा बारा र राैतहटका २६ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण फेला परेकाे छ ।

२९० जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा २ महिलासहित २६ जनामा काेराेना संक्रमण फेला परेकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए । संक्रमित हुनेमा बाराका ३ जना र राैतहटका २३ जना रहेका छन् ।

संक्रमितहरुकाे सिटी भ्यालु १५ देखी ३२ सम्म रहेकाे प्रवक्ता डा. चाैरसियाले जानकारी गराए ।

बाराकाे प्रसाैनी गाउँपालिका वडा नं. २, जितपुर सिमरा उपमहानगरपालिकाकाे वडा नं. ४ र १२ का एक-एक जना संक्रमित भएका छन् ।

यस्तै राैतहटकाे गरुडास्थिर रहेकाे राष्ट्रिय वाणिज्यि बैंक, सिभिल बैंकका ४-४ जना, सशस्त्र प्रहरी बेस क्याम्प हजमिनियाका २ जना, इलका प्रहरी कार्यालय गरुडा, चन्द्रपुर नगरपालिकाका एक-एक र गरुडा नगरपालिकाकाे विभिन्न वडाकाे ९ जनामा संक्रमण फेला परेकाे प्रवक्ता डा. चाैरसियाले जनाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...