Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

सशस्त्र प्रहरीका डिआइजी ब्रम्हचार्यद्वारा सिमा क्षेत्रकाे अनुगमन

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी कृष्ण भक्त ब्रम्हचार्य निरन्तर सीमा निगरानीमा जुटेका छन् । नेपाल र भारत दशगजामा रहेको सीमा स्तम्भको साथ साथै सीमा नाकाबाट हुने अबैध क्रियाकलापको निरन्तर निगरानी गरिरहेका हुन ।

बारा, पर्सा, रौतहट लगायत प्रदेश नम्बर २ को ८ वट्टै जिल्लाहरूमा अहोरात्री आफै खटी सशस्त्र प्रहरी बल नेपालका डिआइजी ब्रम्हचार्य निगरानी गर्न थालेका छन् । सीमामा खटिएका सशस्त्र प्रहरी बल नेपालका प्रहरीहरूलाइ कडा निगरानी बढाउन निर्देशन दिनुको साथ साथै सीमाबाट हुने अबैध क्रियाकलापमा समेत निगरानी बढाउन निर्देशन दिएका छन् ।

साेमबार बाराको सिम्रौणगढ, पिपरपाती, कवहिगोठ लगायतको ठाउहरूमा निरीक्षण गर्न आएका डिआइजी ब्रम्हचार्यले बाराको सबै बोर्डर आउट पोस्टका प्रमुखहरूलाई निगरानी बढाउन निर्देशन दिनुको साथै गल्ती गर्ने प्रहरी अधिकारीहरूलाई कानून बमोजिम कारवाही गर्नसमेत चेतावनी दिए ।

उनले आफ्नो संगठनको नीति निर्देशन विपरित कुनैपनी बि.ओ.पि कमान्डर काम गरेको फेला परे आफू कारवाही गर्नबाट पछि नहटने बताए । सीमा स्तम्भको निरीक्षणमा निस्केका डिआइजी ब्र्रम्मचार्य साेमबार अबेर रातीसम्म निरीक्षण गरिने बताए ।

सशस्त्र प्रहरी बल नेपालको जिम्मेवारी ठूलो भएको र आफ्नो संगठनले सीमा स्तम्भको लागि थप जनशक्ती परिचालन गर्ने डिआइजि ब्रम्हचार्यले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...