Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

सिगरेट वेस्ट मेनेजमेन्ट-३७१ प्रोजेक्ट वीरगंजमा सुरु

spot_img
spot_img
वीरगंज । वातावरण जिउने आधार संस्थाद्वारा साेमबार पत्रकार सम्मेलनको आयोजना गरि सिगरेट वेस्ट मेनेजमेन्ट -३७१ नामक परियोजना वीरगंजमा सुरु गरेकाे जनाएकाे छ । परियाेजना अन्तर्गत फालिएका चुटोटका ठुटाहरुलाई व्यवस्थापन गरि वातावरणलाई जोगाउनुको साथै रोजगारीसमेत पाउने संस्थाका केन्द्रिय अध्यक्ष आकाश चौहानले वताए ।
 
उनले चुटोटका ठुटा सडन १० बर्ष समय लाग्ने भएकोले यसलाई संकलन गरि चुरोटको ठुटामुक्त शहर बनाउन सकिने बताए ।यसको लागि संस्थाले बढी मात्रामा खपत हुने ठाउँमा भाडोको व्यवस्था गर्ने र प्रती केजि २०० का दरले खरिद गर्ने र त्यसबाट निस्कने बिष तथा निकोरिनलाई विघटन गरि रुईबाट सिरानी र डसना बनाउन सकिने बताए ।
 
एक हप्तामा एक मिलियन चुरोट संकलन भएको एक अनुसन्धानले देखाएको उनले जनाए । 
 
संस्थाले यश अघि पनि वातावरण सम्बन्धि शहर भित्र हाईवोमा, खाली जग्गामा र घर आगनमा कस्तो बोटबिरुवा लगाउनु पर्छ र यसले वातावरणलाई कस्तो प्रभाव पार्छ भनेर जानकारी गराएका थिए ।
 
त्यसै गरि सिर्सिया नदि बचाउ अभियान अन्तर्गत सिर्सियाको पानीले वातावरणलाई र जीवजन्तुका साथै मानिसको जिवनमा कस्तो प्रभाव पार्छ भन्ने प्रोजेक्टरबाट जनचेतना मुलक कार्यक्रम गर्दै आईरहेको थियो ।
 
पत्रकार सम्मेलनमा संस्थाका केन्द्रिय उपाध्यक्ष रुपक पटेल, क्षेत्रीय अध्यक्ष आशुतोष चर्तुवेदी, पर्सा जिल्ला अध्यक्ष रोहित बर्णवाल, नेपाल पत्रकार महासघ प्रदेश न.२ का उपाध्यक्ष केसि लामिछाने, प्रदेश सदस्य जगत राई, सल्लाहकार राजन रौनियार लगायतले मन्तव्य राखेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...