वीरगंज । पर्सामा फेरि थप एक काेराेना भाइरस (काेभिड १९) संक्रमित महिलाकाे मृत्यु भएकाे छ ।
गण्डक काेभिड अस्पतालमा उपचारत वीरगंज-१० की ५५ बर्षिय महिलाकाे मृत्यु भएकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।
प्रवक्ता डा. चाैरसियाका अनुसार भदाै २२ गते काेराेना संक्रमण पुष्टि भएकाे महिलाकाे आइतबार दिउसाे २:५५ बजे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।
ज्वाराे र स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकाे महिलामा फाेक्साे फाइब्राेसिस पनि देखिएकाे थियाे ।
याेसंगै पर्सामा जिल्ला प्रशासन कार्यालयकाे तथ्यांक अनुसार काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४३ पुगेकाे छ ।
प्रतिक्रिया लेख्नुहोस