Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

भेडिहारीले ६ महिनामा यी ३ नेता गुमाए

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीले ६ महिना भित्र ३ नेता गुमाएकाे छ ।  २०७६ सालकाे हाेली यता भेडिहारीका ३ अगुवाकाे असमायिक निधन भएकाे छ । नेपालमा काेराेना महामारी सुरु भएपछि तिनै जनाकाे निधन भएकाे हाे ।

थाेरै समय भित्र ३ जनाकाे निधनले भेडिहारीकाे राजनितिक तथा समाजिक क्षेत्रमा क्षति पुगेकाे गाउँले वताउँछन् ।

१. स्व. माेहन साह कानु
श्री रामजानकी प्राथमिक विद्यालय भेडिहारीका संस्थापक अध्यक्षसमेत रहेका माेहन साह कानुकाे फागुन २८ गते निधन भयाे । ६० बर्षिय कानुकाे लागि २०७६ सालकाे अन्तिम हाेली रह्याे । हाेली पर्वकाे भाेली पल्ट माेर्निङ वालकमा निस्केका उनी घर फिर्ता आउन सकेन । उनकाे निधनकाे खबरले भेडिहारी बासीलाई आश्चर्य चकित बनाएकाे थियाे । 

माओबादी पृष्ठभुमिका नेता कानु हर्ट राेगका बिरामी थिए । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका जिल्ला कमिटी सदस्यसमेत थिए । कानुकाे निधनले पार्टी पंकतीसमेत क्षति पुगेकाे उनकाे अन्त्यष्टिमा सहभागि नेकपा नेताहरुकाे भनाई थियाे ।

उनी क्रान्तिकारी स्वभावका व्यक्ति थिए । उनकाे निधनले भेडिहारी गाउँलाई एउटा असल अगुवा गुमाउनु पर्याे ।  

२. स्व. सुरेन्द्र प्रसाद चाैरसिया
पूर्व गाविस अध्यक्ष सुरेन्द्र प्रसाद चाैरसियाकाे असार २४ गते निधन भयाे । कानुकाे निधनकाे ३ महिनापछि अर्का अगुवा ७० बर्षिय चाैरसियाकाे निधन भयाे । त्यसले भेडिहारीलाई थप एक नेता गुमाउनु पर्याे ।

काेराेना महामारी कै समयमा चाैरसियालाई संसार छाेड्नु पर्याे । उनकाे असमायिक निधने पनि भेडिहारीलाई क्षति पुगेकाे गाउँलेहरु वताउँछन् ।  चाैरसिया डाक्टर पनि थिए । गाउँघरमा हुने साधारण बिरामीहरुकाे उनले नै उपचार गरिदिने गर्थे । 

चाैरसिया तत्कालिन सदभावना पार्टीबाट बि.स. २०५० सालमा गाविस अध्यक्षमा निर्वाचित भएका थिए ।

३. स्व. रामाधार साह तेली
गाबिस पूर्व उपाध्यक्ष रामाधार साह तेलीकाे भदाै ७ गते निधन भयाे । चाैरसियाकाे निधनकाे २ महिनापछि काेराेना महामारी कै समयमा ७० बर्षिय तेलीकाे निधन भयाे । तेलीकाे निधनले फेरी भेडिहारीलाई अर्का अगुवा गुमाउनु पर्याे ।

उनी नेपाली कांग्रेस कालिकामाई गाउँपालिका वडा नं. २ का वडा समितिका उप सभापतिसमेत थिए । उनी गत स्थानिय तहकाे निर्वाचनमा नेपाली कांग्रेसबाटै नै वडाध्यक्षकाे उम्मेदवार भएका थिए । तर पराजित भएका थिए ।

 तेलीकाे निधनले भेडिहारी गाउँवासीलाई थप पिडा दियाे र सरल स्वभावकाे एउटा असल नेता गुुमाउनु पर्याे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...