Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

बार्षिकाेत्सवकाे उपलक्ष्यमा रक्तदान कार्यक्रम

spot_img
spot_img
वीरगंज । “देश बिकासका लागि युवा सशक्तता आजको आवस्यकता “भन्ने मुल नाराका साथ स्थापित बिरगंज भिस्वा युवा क्लब बिरगंज -१५ पर्साको ८ औं बार्षिकाेत्सवको उपलक्ष्यमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
 
भिस्वा छठ घाटमा भएकाे कार्यक्रममा ४ महिलासहित ३२ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा अजिता मरासनी, रेणु कुमारी सिंह, रम्भा देबि, पार्वती देबि, राधा बैठा, राजकुमार साह, दिनेश प्रसाद कुसवाह, मोहन साह, राधेश्याम गुप्ता, दिलिप कुमार साह, शिवशन्कर पटेल, दिलिप राज महतो, किशोरी साह, राजाबाबु गुप्ता, सन्दीप कुमार सिंह, सम्भु महतो, नवरन्जन ठाकुर, दिपेन्द्र प्रसाद साह, सन्दिप कुमार कुसवाह, बिनेस कुमार सहनी, मुन्ना बर्णबाल, चन्दन साह, राकेश कुमार साह लगायतकाले रक्तदान गरेका हुन् ।
 
क्लबका अध्यक्ष उदय नारायण कुशवाहको अध्यक्षतामा र पर्साकाे क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका बिरगंज पब्लिक कलेजका प्रोफेसर डा. दिपक शाक्य, सामाजिक अभियन्ता एवं युवा नेता ओमप्रकाश सरार्फ, वडा न१६ का वडाध्यक्ष श्याम बाबू चौरसिया, वडा न.१५ का कार्यवाहक वडा अध्यक्ष छोटेलाल साह कानु, अपराध अनुशन्धान उपप्रमुख कुमार खड्का, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साह लगायतकाे सहभागीता रहेको थियो ।
 
रक्त संचार केन्द्र वीरगंजकी प्राबिधिक दिलमाया घिमिरे नेतृत्वकाे टाेलीकाे प्राविधिक सहयाेगमा भएकाे कार्यक्रमकाे सहजीकरण क्लबका सल्लाहकार केशर दासले गरेका थिए ।
 
 
यस्तै बार्षिकाेत्सव कै अवसरमा मारवाडी सेवा समिती काठमाडौंकाे सहयाेगमा क्लबले होमियोपैथीक औषधिसमेत बितरण गरेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नवरात्रको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...