20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

बार्षिकाेत्सवकाे उपलक्ष्यमा रक्तदान कार्यक्रम

वीरगंज । “देश बिकासका लागि युवा सशक्तता आजको आवस्यकता “भन्ने मुल नाराका साथ स्थापित बिरगंज भिस्वा युवा क्लब बिरगंज -१५ पर्साको ८ औं बार्षिकाेत्सवको उपलक्ष्यमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
 
भिस्वा छठ घाटमा भएकाे कार्यक्रममा ४ महिलासहित ३२ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा अजिता मरासनी, रेणु कुमारी सिंह, रम्भा देबि, पार्वती देबि, राधा बैठा, राजकुमार साह, दिनेश प्रसाद कुसवाह, मोहन साह, राधेश्याम गुप्ता, दिलिप कुमार साह, शिवशन्कर पटेल, दिलिप राज महतो, किशोरी साह, राजाबाबु गुप्ता, सन्दीप कुमार सिंह, सम्भु महतो, नवरन्जन ठाकुर, दिपेन्द्र प्रसाद साह, सन्दिप कुमार कुसवाह, बिनेस कुमार सहनी, मुन्ना बर्णबाल, चन्दन साह, राकेश कुमार साह लगायतकाले रक्तदान गरेका हुन् ।
 
क्लबका अध्यक्ष उदय नारायण कुशवाहको अध्यक्षतामा र पर्साकाे क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका बिरगंज पब्लिक कलेजका प्रोफेसर डा. दिपक शाक्य, सामाजिक अभियन्ता एवं युवा नेता ओमप्रकाश सरार्फ, वडा न१६ का वडाध्यक्ष श्याम बाबू चौरसिया, वडा न.१५ का कार्यवाहक वडा अध्यक्ष छोटेलाल साह कानु, अपराध अनुशन्धान उपप्रमुख कुमार खड्का, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साह लगायतकाे सहभागीता रहेको थियो ।
 
रक्त संचार केन्द्र वीरगंजकी प्राबिधिक दिलमाया घिमिरे नेतृत्वकाे टाेलीकाे प्राविधिक सहयाेगमा भएकाे कार्यक्रमकाे सहजीकरण क्लबका सल्लाहकार केशर दासले गरेका थिए ।
 
 
यस्तै बार्षिकाेत्सव कै अवसरमा मारवाडी सेवा समिती काठमाडौंकाे सहयाेगमा क्लबले होमियोपैथीक औषधिसमेत बितरण गरेकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:209. Generation time:3.950 sec. Memory consumption:81.26 mb