20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

पर्साका ८ सहित थप १८ जनामा काेराेना संक्रमण पुष्टि

वीरगंज । पर्सा र बाराकाे थप १८ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालकाे प्रयाेगशालामा आइतबार सांझ गरिएकाे परिक्षणमा पर्साका ८ र बाराका १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

२९० जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा ५ महिलासहित १८ जनामा काेराेना संक्रमण देखिएकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए । थपिएका संक्रमितहरु १७ बर्षदेखी ७४ बर्ष सम्मका रहेका छन् ।

उनीहरुकाे सिटी भ्यालु १५ देखी २४ सम्म रहेकाे प्रवक्ता डा. चाैरसियाले वताए ।

संक्रमित हुनेमा पर्साकाे वीरगंज महानगरपालिकाकाे ५ जना, बडेर्वा, परवानीपुर र पटेर्वा सुगाैली गाउँपालिकाकाे १-१ जना रहेका छन् । यस्तै बाराकाे जितपुर सिमराका ६ जना, सिम्राैनगढका ३ जना र सवर्ण गाउँपालिकाकाे एक जना संक्रमित भएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:2.824 sec. Memory consumption:81.41 mb