29.8 C
Birgunj
8 April 2025
KALIKATIMES.COM

जेसिजद्वारा चाैथाे दिन पनि राहत वितरण

वीरगंज । कलैया सिटी जेसिजले चुलो बाल्ने अभियानलाई आइतबार पनि निरन्तरता दिएको छ । अभियानकाे चाैथाे दिन थप ६० घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको जेसिज जिल्लाका उपाअध्यक्ष तथा कार्यक्रम संयोजक पवन कुमार कुशवाहाले जानकारी दिए ।
 
बिहीबारदेखि सुरु गरिएको सो अभियानअन्तर्गत जेसिजले पहिलो दिन ३१, दोस्रो दिन ५१, तेश्रो दिन ५५ र आइतबार चाैथाेे दिन ६० गरी हालसम्म १९७ घर परिवारलाई राहत वितरण गरेकोे छ । जेसिजले राहतस्वरुप १० किलो चामल, १ किलो दाल, सोयाबिन ५ सय ग्राम, नुन १ केजी, लुगा धुने तथा नुहाउने साबुन, १ प्याकेट सलाई वितरण गर्दै आएकाे छ ।
 
कोरोना भाईरस (कोभिड-१९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि जारी लाेमाे बन्दाबन्दीले दैनिक गुजारा चलाउन नसक्ने परिवारका लागि यो चुलाे बाल्ने अभियान संचालन गरिएकाे जेसिजले जनाएकाे छ । महामारीका कारण श्रमजिवी तथा विपन्न परिवार नै मारमा परेकाले उनीहरुको चुलो बलोस् भन्ने उद्धेश्यले यो अभियान संचालन गरी सहयोग गर्न लागिएको जेसिजले जनाएकाे छ ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:208. Generation time:4.822 sec. Memory consumption:82.28 mb