Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

अवैध ३९ कार्टुन कुखुराको चल्लासहित २ जना पक्राउ

spot_img
spot_img
वीरगंज । अवैध कुखुराकाे चल्लासहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पर्सा बिन्दवासनि गा.पा. वडा नं. ३ झैवागुठ्ठी निवासी ३० बर्षिय ललन साह कानु र भारत बिहार पुर्वी चम्पारण महादेवा बस्ने बर्ष २७ को नरेश यादवलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
 
विषेश सुचनाको आधारमा शनिबार विहान ०३:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बहुदरमाई नगरपालिकाकाे वडा नं.२ नगरदाहस्थितबाट अवैध ३९ कार्टुन कुखुराकाे चल्लासहित दुबै जनालाई नियन्त्रमा लिएकाे जनाएकाे छ ।
BR 22K1519, BR 05N 7765 र ना.९ प ४०२६ नं.को माेटरसाइकलमा अवैध रुपमा भारत रक्शौलबाट ल्याउदै गरेको कुखुराको चल्ला ३९ कार्टुन ( २४०० वटा) फेला पारेकोमा निजहरुलाई चल्ला र सवारी साधन सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जिल्ला पशु क्वारेन्टाईन सिर्सियामा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...