20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

पर्साका ३ सहित थप ६ जनामा काेराेना संक्रमण पुष्टि

वीरगञ्ज । पर्सा र बारामा थप ६ जना कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति २ सय ९० जनाको थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा पर्सा र बाराका थप ६ जना संक्रमण देखिएकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

उनका अनुसार संक्रमित हुनेमा पर्साका ३ जना र बराका ३ जना रहेका छन् । संक्रमितहरु २० वर्षदेखि ६० वर्ष उमेर समुहका छन् । संक्रमितहरुको सिटि भ्यालु १७ देखि २९ सम्म रहेको छ ।

पर्सामा थपिने संक्रमितमध्ये एक जना वीरगञ्जस्थित आर्मी क्वाटरमा बस्ने व्यक्ति हुन् भने अन्य दुई जना वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का बासिन्दा हुन् ।

त्यसैगरी बारामा थपिएका संक्रमितमध्ये एक जना कलैया उपमहानगरपालिका वडा नम्बर ४ का बासिन्दा रहेका छन् भने अन्य दुई जना कोल्भी गाउँपालिकाको बासिन्दा हुन् । शनिबार राति थपिएका सम्पूर्ण संक्रमितहरु पुरुष रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:2.267 sec. Memory consumption:81.47 mb