7 April 2025
KALIKATIMES.COM

दाेस्राे चरणमा ३९ दिन साहिब दरबारले वितरण गर्‍याे निशुल्क खान

वीरगंज । साहिब दरबार सेवा संस्थानले दाेस्राे चरणमा ३९ दिन नि:शुल्क खाना वितरण गरेकाे छ । वीरगञ्ज बजार आंशिक रुपमा खुलेसँगै गएको ३९ दिनदेखी संस्थानले वितरण गर्दै आएकाे नि:शुल्क खाना बन्द गरेको जनाएकाे छ ।

भदाै २१ गतेदेखी दाेस्राे चरणमा वितरण हुदै आएकाे नि:शुल्क खाना बजार खुलेपछि हाललाई स्थगित गरिएकाे संस्थानका अध्यक्ष राजेशमान सिंहले जानकारी दिए ।

साहिब दरबार सेवा संस्थान, समर्पण सेवा र स्टार सेरामिक्स प्रालिकाे संयुक्त आयाेजनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि जारी निषेधाज्ञाका कारण प्रभावित गरिब, असहाय र निमुखाहरुलाई नि:शुल्क रुपमा खाना वितरण हुदै आएकाे थियाे ।

बजार चलायमान हुन लागेको र दैनिक ज्याला गरी जीविकोपार्जन गर्ने समूहले पनि कमाई गर्न लागेकाले नि:शुल्क खाना वितरण गर्ने काम अहिलेलाई स्थगित गरिएको संस्थानका महासचिव उमेशलाल सहनीले वताए । अहिले स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो पार्दै बजार, व्यवसाय संचालन गर्न दिएसँगै मानिसहरु दैनिक कार्यमा फर्किएकाले निशुल्क भोजन वितरण स्थगित गरिएको सहनीले प्रेस विज्ञप्तीमार्फत जनाएका छन् ।

उनले संक्रमण रोक्न फेरि बजार बन्द गर्नु पर्ने अवस्था आएर बजार बन्द गरिए त्यसबेला फेरि संस्थानले निशुल्क भोजनलाई निरन्तरता दिने पनि जारी विज्ञप्तीमा उल्लेख गरेका छन् ।

यसअघि सुरुवाती समयमा पनि संस्थानले ९० दिनसम्म विरगञ्जमा नि:शुल्क खाना वितरण गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:7.932 sec. Memory consumption:82.5 mb