Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

प्राथमिक उपचार दिवसकाे अवसरमा अभ्यास कार्यक्रम सम्पन्न 

spot_img
spot_img
वीरगंज । “महामारीमा प्राथमिक उपचार अभ्यासहरुमा अनुकूलता” नाराका साथ आज बिश्वभरी जस्तै वीरगंजमा पनि प्राथमिक उपचार दिवस मनाइएकाे छ । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले दिवसकाे अवसरमा अभ्यास कार्यक्रम गरेकाे छ ।
 
रेडक्र्स पर्साका स्वास्थ सेवा समितिका संयोजक दिनानाथ रौनियारको सभापतित्वमा भएकाे कार्यक्रमका प्रमुख अतिथी रेडक्रस पर्सा शाखाका कोषाध्यक्ष महन्थ प्रसाद यावदले रेडक्र्सको सुरुवात प्राथमिक उपचारबाटै भएको र प्राथमिक उपचारक एवं स्वयंसेवक नै रेडक्रसको मेरुदण्ड रहेको वताए ।
 
कार्यक्रमका विशिष्ट अतिथी शाखाका उपमन्त्री एवं प्रादेशिक प्राथमिक उपचार समितिका सदस्य साबिर अहमद एराजले बिश्व भरी नै मनाउने विश्व प्राथमिक उपचार दिवसको बारेमा प्रष्ट पार्दै सबैलाइ शुभकामना ब्यक्त गरेका थिए ।
 
कार्यक्रममा सहभागी प्राथमिक उपचारक एवं स्वयंसेवकहरुबाट कृत्रिम घटना प्रदर्सन गरि प्राथमिक उपचार बिधिबारे अभ्यास एवं सिकाइ गराइएको थियोे ।
कार्यक्रमको सभापतित्व गरि रहनु भएका दिनानाथ रौनियारले कृतिम घटना प्रदर्सन गर्ने सबैमा धन्यवाद एवं शुभकामना दिदै आउने दिनमा एक घर एक प्राथमिक उपचार तयार गर्ने योजना ल्याउनुकाे साथै जीवन रक्षाकालागि प्राथमिक उपचार अति आवस्यक रहेको वताए । उनले प्राथमिक उपचारक एवं स्वयंसेवकहरुलाई अझ सशक्त बनाउने तर्फ माथीलो निकायमा समन्वय गर्ने बारे प्रतिबद्धता ब्यक्त गरे ।
 
कार्यक्रममा प्राथमिक उपचारक एवं स्वयंसेवकहरुले सो दिवसको अवसरमा बिश्वभरी कोरोना महामारीमा खटिरहेका स्वयंसेवकहरुको आदर, सम्मान, हौसलाका लागि ताली बजाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा समितिका सुरेन्द्र साह, इ.रागिव हुसेन, स्वयंसेवक भरत शर्मा, राजु साह, नन्दन कुमार, कृष्ण रौनियार, रानी गुप्ता, राहुल गुप्ता, बिरशम्सेर प्रसाद कुर्मी, लक्ष्मीनारायण राउत लगायतकाे सहभागिता थियाे भने कार्यक्रम प्रस्तुत प्रादेशिक प्राथमिक उपचार समितिका सदस्य राजन श्रीवास्तवले गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...