24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

नक्कली सशस्त्र प्रहरीकाे आराेपमा जिराभवानीबाट एक जना पक्राउ

वीरगंज । सशस्त्र प्रहरीकाे असई भन्दै सर्वसाधारण र व्यापरीलाई दु:ख दिएकाे आराेपमा पर्साको जिराभवानी गाउँपालिकाबाट एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।  

पक्राउ पर्नेमा जिराभवानी गाउँपालिकाकाे वडा नं. १ बेल्वाटाँडी निवासी २२ वर्षिय राजा यादव रहेकाे प्रहरी चाैकी महादेवपट्टीका प्रहरी सहायक निरिक्षक सिकेन्द्र पाण्डेले वताए । यादवले सर्वसाधारण तथा व्यापारीलाई आफु सशस्त्र प्रहरीकाे असई भएकाे भन्दै रकम उठाउने र दु:ख दिएकाे स्थानियकाे गुनासाेकाे आधारमा पक्राउ गरिएकाे प्रहरी सहायक निरिक्षक पाण्डेले वताए ।

पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनाेजित कुँवरले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.340 sec. Memory consumption:81.46 mb