Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पर्सामा फेरी बढे सङ्क्रमित, पटेर्वा सुगाैलीका ४ सहित थप ९ जनामा काेराेना पुष्टि

spot_img
spot_img

वीरगंज । पर्सामा थप ९ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । पछिल्लो केहिदिन देखि घटिरहेको कोरोना संक्रमितको संख्या फेरी बढेको छ । बिहिबार दुई जना मात्र सङ्क्रमित थपिए पनि शुक्रबार पुन: ९ जना थपिएका छन् ।

नारायणी अस्पतालकाे प्रयाेगशालामा शुक्रबार सांझ गरिएकाे परिक्षणमा पर्साका  ९ जनामा संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश चाैरसियाले वताए ।

प्रवक्ता डा. चाैरसियाले दिएकाे जानकारी अनुसार ३ सय १५ जनाको थ्रोट स्वाबलाई आरटि पिसिआर प्रविधिबाट परिक्षण गर्दा ५ महिलासहित थप २३ जनामा कोरोना सङ्क्रमण फेला परेकाे हाे । फेला परेका सङ्क्रमितमध्ये पर्सा जिल्लाको ९ जना रहेका छन् भने छिमेकि जिल्ला बाराका १४ जना छन् । संक्रमितहरु १४ वर्षदेखि ६१ वर्ष उमेर समुहसम्मका छन् ।

पर्सामा थपिएका सङ्क्रमितमध्ये वीरगञ्जस्थित नारायणी अस्पतालको क्वाटरमा बस्ने दुई पुरुष पनि रहेका छन् । त्यसैगरी
अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर हस्पिटलका दुई जना महिलामा पनि सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पटेर्वासुगौली गाउँपालिकाकाे वडा नं. ५ का ३ पुरुष, वडा नं. १ का एक पुरुष र सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नम्बर २ का एक पुरुष सङ्क्रमित भएका छन् ।

त्यसैगरी बारामा दुई जना प्रहरीसहित १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका प्रहरी इलाका प्रहरी कार्यालय निजगढमा कार्यरत रहेको डाक्टर चौरसियाले जानकारी दिए । उनले निजगढका विभिन्न वडामा अन्य ६ जनामा पनि सङ्क्रमण देखिएको बताए ।

बाराको सदरमुकाम कलैया उपमहानगरपालिकाको वडा नम्बर ७ मा तिन जना र वडा नम्बर ४, ६ र ८ मा एक-एक जना सङ्क्रमित थपिएको डाक्टर चौरसियाले जनाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...