Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

निषेधाज्ञा उलंघन गर्दै नेशन मेडिकल कलेज काेराेना अस्पताल उद्घाटन

spot_img
spot_img
बिरगंज । काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि जारी निषेधाज्ञा उलंघन गर्दै नेशनल मेडिकल कलेज अस्थाई कोरोना अस्पतालको शुक्रबार उद्घाटन गरिएकाे छ ।
 
यस अघि गण्डक अस्पताल र वीरगंजमा हेल्थ केयरमा काेराेना अस्पताल संचालन गर्दा कुनै किसिमकाे औपचारिक कार्यक्रम नगरिए पनि नेशन मेडिकल कलेजले संचालन गर्न लागेकाे काेराेना अस्पतालकाे उद्घाटन तामझामकाे साथ गरिएकाे छ ।
 
काेराेना संक्रमित बिरामीकाे संख्यामा कमि आउन थालेकाे बेला तामझामकाे साथ गरिएकाे काेराेना अस्पतालकाे उद्घाटन कार्यक्रमकाे चाैतर्फी आलाेचना भइरहेकाे छ । औपचारीक रुपमै आयाेजित उद्घाटन कार्यक्रममा समाजिक दुरीकाे समेत पालना गरिएकाे थिएन भने केहीले मास्कसमेत लगाएका थिएन । 
 
वीरगंज हेल्थ केयर काेराेना अस्पतालमा संक्रमित बिरामीकाे कमि आउन थालेपछि एक सत्ता अघि नै अस्पतालले जिल्ला प्रशासन कार्यालयमा सम्झाैता रद्द गर्न निवेदन दिएकाे अवस्था छ भने संक्रमितकाे संख्या बढी भएकाे बेला काेराेना अस्पताल बनाउन नमानेकाे नेशनल मेडिकल कलेजले अहिले छुट्टै एक हाेटलमा काेराेना अस्पताल तामझामकाे साथ संचालनमा ल्याएपछि आलाेचना सुरु भएकाे हाे ।
उद्घाटन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङ, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गांगा पन्त लगायतकाे सुरक्षा निकायकाे प्रमुख व्यक्तिहरुकाे उपस्थिती भएपनि निषेधाज्ञा उलंघन भएकाे पाइएकाे छ ।
 
जिल्ला प्रशासन कार्यालय पर्साद्वारा बिहिबार जारी सुचनाकाे ३ नम्बरकाे “ख’ मा कुनै पनि मेला, महाेत्सव, जात्रा संचालन गर्न, मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न र चार जना भन्दा बढी व्यक्तिहरु एक ठाउँमा जम्मा हुन नपाइने भनिए पनि त्यसकाे भाेली पल्टै उलंघन भएकाे पाइएकाे हाे ।
 
वीरगंज महानगरपालिकाकाे वडा नं. १६ नगव स्थित रहेको बाबा होटलमा ८ वटा भेनटीलेटर, २० वटा आईसियुलेशनसहित १७० बेड क्षमता भएको काेराेना अस्पताल निर्माण गरिएकाे नेशनल मेडिकल कलेजले जनाएकाे छ ।
 
साे उद्घाटन कार्यक्रममा नेशनल मेडिकल कलेजका चेयर मैन डा. जैनुदिन अंसारी, सशत्र प्रहरीका प्रमुख, वीरगंज आर्मी व्यारकका प्रमुख लगायत एक सय भन्दा बढी व्यक्तिहरुकाे सहभागिता रहेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...