Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

कलैया सिटी जेसिजद्वारा दाेस्राे दिन पनि राहत वितरण

spot_img
spot_img
वीरगंज । कलैया सिटि जेसिसको आयोजनामा कलैयामा बिहिबारदेखि चुल्हो बाल्ने अभियानको शुभारम्भ गरिएको छ । काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि लामाे समयदेखि जारी बन्दाबन्दीका कारण दैनिक रूमा जलादरी गरी खाने मानछेहरुलाई घरमा चूल्हाे बाल्ने समस्या भएकाेले राहत स्वरुप खाद्य सामग्री वितरण गरिएको हो ।
 
अभियान अन्तर्गत कलैया उपमहानगरपालिका भित्र रहेका कोरोना भाइरसबाट प्रभावित अति विपन्न, गरिब, असहाय घरपरिवारलाई शुक्रबार एक कार्यक्रमका बिच चुल्हो बाल्नको लागि राहत सामग्रीहरु हस्तांतरण गरिएको छ । कलैया सिटि जेसिस सन २०२० का अध्यक्ष विपिन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा ५१ जना अति विपन्न, गरिब, असहाय घरपरिवारलाई राहत वितरण गरीएकाे संस्थाका राजकुमार गिरीले जानकारी दिए ।
 
राहतमा चामल १० किलो, दाल १ किलो, सोयाबिन आधा किलो, नुन १ किलो, खाने तेल १ पाकेट, सलाही १ पाकेट वितरण गरिएको छ ।
 
उक्त कार्यक्रममा शाखाका निवर्तमान अध्यक्ष राजेश कुशवाहा, महासचिव जेसी शम्भु कुमार गुप्ता, पूर्व अध्यक्ष जेसी धनिलाल सर्राफ, मीडिया संयोजक जेसी अनिल कुशवाहा, जेसी बैजु दास, जेसी सुभाष जसवाल, जेसी लुकमान खान लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संयोजक जेसी पवन कुशवाहाले गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...