Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंजमा पुन: ४ पसललाई ७० हजार जरिवाना

spot_img
spot_img
वीरगंज । काेराेना महामारीकाे समयमा कालाेबजारी बढेकाे उपभोक्ताहरुको गुनासोलाई मध्य नजर गर्दै शुक्रबार पुन: वीरगंजमा बजार अनुगमन गरिएकाे छ ।
 
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीद्वारा वीरगंज महानगरपालिका स्थित माईस्थान २ नंम्बर रोड, लिंक रोड र नेशनल मेडिकल कलेज चौकमा रहेका विभिन्न कस्मेटिक, खाद्यन्न तथा किराना पसलहरुलाई अनुगमन गरेकाे छ ।
 
अनुगमन टाेलीले मूल्य सूची नराखेको तथा खरिद र विल उपलब्ध गराउन नसके तथा म्याद गुज्रेका समानहरु संचित गरी राखेको ४ वटा पलसलाई ७० हजार जरिवानसमेत गरेकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
 
प्रशासन कार्यालयले दिएकाे जानकारी अनुसार वीरगंजकाे माईस्थान २ नं. रोडस्थित रहेकाे शान्ति जरेनरल स्टोर्सलाई  रु ५० हजार, लिंक रोडस्थित रहेकाे खेमीसती जेनरल सप्लायर्स एण्ड ट्रेडर्सलाई रु. १० हजार, नेशनल मेडिकल कलेज चौकस्थित रहेकाे श्याम कोल्ड स्टोरलाई रु. ५ हजार र तारा कस्मेटिक जेनरल स्टोरलाई रु. ५ हजार जरिवाना गरिएकाे छ ।
 
पसलहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कसुर गरिएकोले सोही ऐनको दफा ३९ बमोजिमको जरिवाना गरिएको प्रशासन कार्यालयले जनाएकाे छ । अनुगमन टाेलीले खाद्य बस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धि नगरी विक्रि वितरण गर्ने भनी निर्देशनसमेत पसलहरुलाई दिएकाे छ ।
 
कोरोना महामारीको विषम परिस्थितिमा कहि कतै कुनै वस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धी गरी विक्री वितरण गरेको देख्नु भएमा आवश्यक प्रमाणसहित जिल्ला प्रशासन कार्यालयकाे ईमेल daoparsa1@gmail.com उजुरी गर्नसमेत अनुराेध गरिएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...