Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंजमा पुन: ४ पसललाई ७० हजार जरिवाना

spot_img
spot_img
वीरगंज । काेराेना महामारीकाे समयमा कालाेबजारी बढेकाे उपभोक्ताहरुको गुनासोलाई मध्य नजर गर्दै शुक्रबार पुन: वीरगंजमा बजार अनुगमन गरिएकाे छ ।
 
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीद्वारा वीरगंज महानगरपालिका स्थित माईस्थान २ नंम्बर रोड, लिंक रोड र नेशनल मेडिकल कलेज चौकमा रहेका विभिन्न कस्मेटिक, खाद्यन्न तथा किराना पसलहरुलाई अनुगमन गरेकाे छ ।
 
अनुगमन टाेलीले मूल्य सूची नराखेको तथा खरिद र विल उपलब्ध गराउन नसके तथा म्याद गुज्रेका समानहरु संचित गरी राखेको ४ वटा पलसलाई ७० हजार जरिवानसमेत गरेकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
 
प्रशासन कार्यालयले दिएकाे जानकारी अनुसार वीरगंजकाे माईस्थान २ नं. रोडस्थित रहेकाे शान्ति जरेनरल स्टोर्सलाई  रु ५० हजार, लिंक रोडस्थित रहेकाे खेमीसती जेनरल सप्लायर्स एण्ड ट्रेडर्सलाई रु. १० हजार, नेशनल मेडिकल कलेज चौकस्थित रहेकाे श्याम कोल्ड स्टोरलाई रु. ५ हजार र तारा कस्मेटिक जेनरल स्टोरलाई रु. ५ हजार जरिवाना गरिएकाे छ ।
 
पसलहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कसुर गरिएकोले सोही ऐनको दफा ३९ बमोजिमको जरिवाना गरिएको प्रशासन कार्यालयले जनाएकाे छ । अनुगमन टाेलीले खाद्य बस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धि नगरी विक्रि वितरण गर्ने भनी निर्देशनसमेत पसलहरुलाई दिएकाे छ ।
 
कोरोना महामारीको विषम परिस्थितिमा कहि कतै कुनै वस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धी गरी विक्री वितरण गरेको देख्नु भएमा आवश्यक प्रमाणसहित जिल्ला प्रशासन कार्यालयकाे ईमेल daoparsa1@gmail.com उजुरी गर्नसमेत अनुराेध गरिएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...