Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

महाराष्ट्रका मुख्यमन्त्रीलाई कंगनाको कडा चुनौती

spot_img
spot_img

बलिउड नायिका कंगना रनावतको करिब ४८ करोडमा बनेको अफिसमा बुधबार बिहान बीएमसीले डोजर चलायो ।

कंगनालाई भारतको केन्द्रिय सरकारले कडा सुरक्षा दिएको छ । उनी, कडा सुरक्षाकाविच बुधबार पौने ३ बजे मुम्बई पुगेकी थिइन् । मुम्बइको विमानस्थलमा कंगनाको समर्थक र विरोधीहरुले नारा लगाएका थिए । उनलाई भीआइपी गेटबाट बाहिर निकाल्न नसकेपछि सुरक्षाकर्मीले दोश्रो गेट प्रयोग गरेका थिए ।

उनी, विमानस्थलबाट सिधै खारस्थित आफ्नो घर पुगिन् । उनको सुरक्षाका लागि घर बाहिर ५० जना भन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

घर पुगेर कंगनाले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई सिधै चुनौती दिइन् । उनले भनिन्–‘उद्धव ठाकेर । आज मेरो घर टुटेको छ । भोली तिम्रो घमण्ड टुट्नेछ । जय महाराष्ट्र ।’

उनले ठाकेरलाई चुनौती दिदै भनिन्–‘तिमीलाई के लाग्छ, फिल्म माफियाको साथ मिलेर मसँग ठूलै बदला लिए जस्तो लाग्यो । तिमीलाई मलाई ठूलै सहयोग गरेका छौ । मलाई थाहा थियो, कश्मिरी पण्डितको मनमा के चलिरहेको छ । म आज सबै भारतीय नागरिकसँग एउटा वाचा के गर्छु भने, अयोध्याको बिषयमा मात्र होइन, कश्मिरको बिषयमा पनि एउटा चलचित्र बनाउनेछु । मेरो देश र जनतालाई सचेत गराउनेछु । ठाकरे, यो क्रुरता र आतंक जुन मेरो साथमा भएको छ, यसले ठूलो अर्थ राख्छ । जय भारत ।’

कंगना मुम्बई विमानस्थलमा पुग्दा शिवसेनाका कार्यकर्ताले विरोध गर्दै नारा लगाएका थिए । यस्तै, रिपब्लिकन पार्टी अफ इन्डिया र करणी सेनाका कार्यकर्ताले उनको समर्थनमा नारा लगाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...