Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पर्सामा काेराेना संक्रमित घट्दै, बिहिबार २ जनामा मात्र संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्सामा् काेराेना परिक्षणकाे दायरा घट्दै जादा संक्रमितकाे संख्यामा कमी आउन थालेकाे छ । बिहिबार पर्साकाे २ जनामा मात्र काेराेना संक्रमण पुष्टि भएकाे छ ।

नारायणी अस्पतालकाे प्रयाेगशालामा बिहिबार २९४ जनाकाे स्वाब परिक्षण गर्दा ३ महिलासहित १४ जनामा काेराेना संक्रमण फेला परेकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए । संक्रमण फेला परेका मध्ये पर्साकाे वीरगंज महानगरपालिकाकाे २ जना मात्र रहेकाे उनले जानकारी गराए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार संक्रमित हुनेमा वीरगंज महानगरपालिकाकाे वडा नं. ४ र १६ का एक-एक जना रहेका छन् । डा. चाैरसियासंग पर्साकाे कति जनाकाे स्वाब परिक्षण गरिएकाे साेध्दा आफुलाई जानकारी नभएकाे वताए ।

पर्सामा संक्रमितकाे संख्यामा कमि आएकाे देखिएपछि कति स्वाब परिक्षण गरिएकाे भनेर साेध्दा सम्बन्धित निकायले जानकारी गराउन सकेकाे छैन् । यसले परिक्षणकाे दायर कम गरिएकाे कारण संख्यामा कमि आएकाे हुन सक्ने पर्सेली जनताले अनुमान गर्न थालेका छन् ।

यता नारायणी अस्पताल कै प्रयाेगशालामा गरिएकाे परिक्षणमा बाराकाे कलैया उपमहानगरपालिकाकाे वडा नं. ८ का ३ जना, वडा नं. १४ का २ जना, वडा नं. ५, ६, ७ का एक-एक जना र आदर्शकाेटवाल गाउँपालिकाकाे वडा नं. ८ का ३ जना संक्रमित भएका छन् ।

संक्रमित हुनेमा राैतहटकाे कटहरिया नगरपालिका वडा नं. २ का पनि एक जना रहेकाे प्रवक्ता डा. चाैरसियाले जानकारी गराए ।संक्रमितहरुकाे सिटी भ्यालु १६ देखी २९ सम्म रहेकाे उनले जनाए ।     

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...