Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

बिक्रम चाैधरीलाई न्याय देउ भन्दै वीरगंजमा प्रदर्शन

spot_img
spot_img

वीरगञ्ज । उपचारमा लापरबाही भएर मृत्यु भएकाे भनिएका बिक्रम चौधरीलाई न्याय माग्दै वीरगञ्जमा बिहीबार प्रर्दशन गरिएको छ । बाराको कोल्हवी नगरपालिका–४ सपहीका २२ वर्षीय चौधरीले न्याय र पीडित परिवारले उचित क्षतिपूर्ति पाउनुपर्ने माग राखेर उनीहरुले प्रदेर्शन गरेका हुन् । 

घटनाको निष्पक्ष छानवीन गर, दोषी डाक्टरलाई कारबाही गर, बिक्रम चौधरीलाई न्याय देऊ भन्दै प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीले अस्पताल भित्रै ‘हत्यारा डाक्टर’ भनी आरोप समेत लगाएका थिए । मैले उपचार नपाएर मृत्यु पाएँ, म मरें मेरो जीवन समाप्त भयो तर तपाईं बाँचेर पनि किन मरे जस्तै हुनुहुन्छ ? मैले न्याय कहिले पाउने ? उल्लेख गरिएको व्यानर बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।

नारायणी अस्पतालकै हलबाट सुरु गरिएकाे प्रदर्शन बजारकाे परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेकाे थियाे ।

प्रदर्शनमा सहभागीले बिरामीको सजिलै उपचार गर्ने व्यवस्था गरियोस्, वी निड जष्टिस फर बिक्रम चौधरी, मृतक परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर लगायत नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए ।

छानवीनमा ढिलासुस्ती भएको महसुस भएकोले प्रदर्शन गरिएको उनीहरुले बताएका छन् । अस्पतालले गठन गरेको तीन सदस्यीय छानवीन समिति प्रति उनीहरुले असन्तुष्टि प्रकट गरेका थिए । अस्पताल भित्रका चिकित्सकको मात्रै टिमले गर्ने अनुसन्धान निष्पक्ष हुनै नसक्ने दावी उनीहरुले गरेका छन् ।

प्रदर्शनमा सहभागी जीपी कोइराला फाउण्डेसनका सचिव धिरज गुप्ताले पहिले नै अस्पतालले उपचारमा लापरबाही नगरिएको भनेर सामाजिक सञ्जालमा लेख्ने चिकित्सकबाट हुने छानवीन निष्पक्ष हुने संभावना नै नभएको बताए ।

‘पहिला हामीलाई तीन सदस्यी छानवीन समिति गठन गरिएको जानकारी मात्रै दिइएको थियो । पछि मात्रै नाम थाहा भयो,’ उनले भने, ‘जसमध्येका एक जना सदस्यले पहिले नै अस्पतालले उपचारमा लापरबाही नगरेको सामाजिक सञ्जालबाट दावी गरिसकेका रहेछन् । उनले निष्पक्ष छानवीन गर्छन् भनेर कसरी पत्याउने ?’

उनीहरुले छानवीन समितिमा बाहिरबाट पनि विज्ञ चिकित्सकलाई राखिनुपर्ने, सीसीटीभी फुटेज हेरेर अनुसन्धान हुनुपर्ने, छानवीनमा ढिलासुस्ती गर्न नहुने माग राखेका छन् ।

प्रदर्शनमा सहभागी बलिराम अधिकारीले बिक्रमले जसरी अरुले ज्यान गुमाउनु नपरोस् भनेर प्रदर्शनमा उत्रनु परेको बताए । ‘जनताको पसिनाले तिरेको करबाट तलब खाएर उपचारमा लापरबाही गर्ने छुट कसैलाई छैन, साधरण रुघाखोकी लागेर सर्वसाधरण मर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘बिक्रमको जस्तो हालत अरु विरामीको हुनुहुँदैन । त्यसका लागि घटनाको निष्पक्ष छानवीन र दोषीलाई कानुनी काररबाही हुनैपर्छ ।’

गम्भिर अवस्थामा विरामी अस्पताल आइसकेपछि कोरोना परीक्षणमा किन ढिलाई गरिएको हो ? त्यसको जवाफ अस्पताल प्रशासनले दिनुपर्नेमा उनले जोड दिए ।

बिक्रमका दाजु अनिल चौधरीले भने चुप लागेर बस्दा न्याय नपाउने स्थिति देखिएपछि सरोकारवालाको ध्यानाकर्षण गराएको बताए । ‘सानो तिनो लापरबाही हैन, मेरो भाइको ज्यान गएको छ । चुप लागेर बस्दा वास्ता नै नगर्ने स्थिति आयो,’ उनले भने, ‘त्यसैले आफन्त र शुभचिन्तकहरुमार्फत सरोकारवालाको ध्यानाकर्षण गराएका हौं ।’

क्रिटिकल केयर अब्जर्भेसन वार्डका प्रमुख डाक्टर रामपुकार साह संयोजक रहेको तीन सदस्यीय छानवीन समिति सोमबार बेलुका गठन गरिएको हो । समितिलाई अनुसन्धानका लागि तीन दिनको समय दिइएको थियो ।

भदौ २१ गते नारायणी अस्पतालको आईसीयूमा उपचारको क्रममा बिक्रमको मृत्यु भएको दाबी अस्पतालले गर्दै आएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...