वीरगञ्ज । काेराेना संक्रमण मुक्त भएका एक जनाले नारायणी अस्पताललाई अस्थालिन रेस्पिरेटरी सोलुसन औषधी बिहिबार सहयाेग गरेका छन् ।
वीरगंज महानगरपालिकाकाे वडा नं. ४ निवासी अमर बर्णवालले श्वासप्रश्वासमा समस्या देखिएका बिरामीका लागि अति आवश्यक पर्ने अस्थालिन औषधी १५० थान सहयाेग गरेका हुन् । उनले अस्पताल मै पुगी आकस्मिक कक्षका डा. दिपक चाैरसिया र डा. एमडि साबुदिनलाई साे औषधी हस्तान्तरण गरेका छन् ।
आफु संक्रमित हुदा औषधी अभावमा उपचारमा समस्या भाेगेका कारण श्वासप्रश्वासमा समस्याका समस्यादेखिने बिरामीलाई अति आवश्यक पर्ने औषधी अरुलाई समस्या नहाेस उद्देश्यले सहयाेग गरिएकाे बर्णवालले वताए ।
प्रतिक्रिया लेख्नुहोस