Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

स्व. विपीकाे जन्मजयन्तीकाे अवसरमा नेवि संघद्वारा दिप प्रज्वलन

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका संस्थापक नेता प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. बि.पि कोईरालाको १०७ औं जन्मजयन्तीको अवसरमा बिहिबार सांझ ठाकुरराम बहुमुखी क्याम्पसमा दिप प्रज्वलन गरिएकाे छ ।

नेवि संघ पर्साकाे आयाेजनामा भएकाे दिप प्रज्वलन कार्यक्रममा ज्ञात अज्ञात सहिद प्रती एक मिनेट मौन धारनसमेत गरिएकाे थियाे । 

कार्यक्रममा उपस्थित नेता तथा कार्याकर्ताहरुले विपी कोइरालाले नेपालमा प्रजातन्त्र स्थपनाका लागि गरेको योगदानका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै वक्ताहरुले नेपालमा आएको गणतन्त्र र प्रजातन्त्र स्थापनामा विपीको योगदानको कसैसँग तुलना गर्ननसकिने बताएका थिए ।

नेवि संघका जिल्ला अध्यक्ष विश्वास द्विवेदीको अध्यक्षता र पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष प्रकाश उपाध्याय, जिल्ला सचिव श्याम पटेल, सह सचीव रोशन लामिछाने, जिल्ला सदस्य बैकुण्ठ श्रीवास्तव, ठाकुर राम क्याम्पसका पुर्व क्याम्पस प्रमुख ललन द्विवेदी, प्रमोद कुशवाहा, नेवि संघका पुर्व केन्द्रिय सदस सुधिर पटेल, नेता बिकेस पटेल, जितेन्द्र मिश्रा, इङ्गरासन यादव, मुनराज तिवारी, पृन्स तिवारी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...