Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

सिंचाई गर्ने क्रममा करेन्ट लागेर महिलाकाे मृत्यु

spot_img
spot_img

प्रणय साह/वीरगंज । धान खेतमा सिंचाईको लागि जडान गरिएको मोटर भएको चापाकलमा करेन्ट लागेर बुधबार एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुरटेटा टोल बस्ने ५५ वर्षीया झलिया दुसादिन पासवान रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुसादिनले आर्दश कोतवाल गाउँपालिका वडा नम्बर ८ स्थित रहेका धान खेतमा सिंचाई गर्न जडान गरेका मोटरले पानी दिन छोडेपछि चापाकल चलाउन खोज्दा बुधबार दिउँसो साढे १२ बजे करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी नायब निरीक्षक माधव प्रसाद पुडासैनीले बताए ।

बिगत तीन दिनदेखि दुसादिनले सोही खेतमा मोटरबाट पानी सिंचाई गर्दै आएका थिए । मृतक महिलाको शव जिल्ला अस्पताल कलैयामा परिक्षण गरी परिवारजनको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पगेलीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...