Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईमा युरिया मल वितरण

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीमा साेमबार युरिया मल वितरण गरिएकाे छ ।

श्री कालिकामाई कृषि सहकारी संस्थाले वडाका कृषकहरुलाई ५० बाेरा युरिया मल वितरण गरेकाे हाे । जिल्ला प्रशासन कार्यालय पर्साकाे सिफारिसमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड वीरगंजले उपलब्ध गराइदिएकाे ५० बाेरा युरिया मल रु ८ सयकाे दरले बिक्री वितरण गरिएकाे सहकारी संस्थाका काेषाध्यक्ष ओमप्रकाश साहले वताए ।

वडाध्यक्ष साेनालाल प्रसाद चाैरसिया, वडा सदस्य रामजी साह लगायतकाे उपस्थितीमा वडा अन्तर्गतका कृषकहरुलाई एक/एक बाेरा युरिया मल वितरण गरिएकाे थियाे ।

यरिया मल अभावका बिच वडामा साल्ट ट्रेडिङकाे डिलर नभए पनि कृषकहरुकाे समस्यालाई ध्यानमा राखी उपलब्ध गराइएकाे युरिया मलले केही कृषकलाई राहत भएकाे छ । मलकाे लागि सय भन्दा बढीकाे संख्यामा कृषकहरु पुगे पनि ५० बाेराे मात्र मल भएकाले सबै कृषकहरु मल पाउन सकेकाे थिएन ।

 यस्तै कालिकामाई गाउँपालिकाकाे वडा नं. ५ मा पनि साल्ट ट्रेडिङले उपलब्ध गराएकाे ५० बाेरा युरिया मल बिक्री वितरण गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...