20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

कालिकामाईका २ सहित थप २९ जनामा काेराेना संक्रमण

वीरगंज । बीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा २९ जनामा (कोभिड १९) संक्रमण पुष्टि भएको छ । पर्सा, बारा र राैतहटका ५८० जनाको स्वाब परीक्षण गर्दा ८ महिलासहित २९ जनामा काेराेना संक्रमण फेला परेकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरासियाले जानकारी दिए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार साेमबार राति गरिएकाे परिक्षणमा पर्साका १३, बाराका ९ र रौतहटका ७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १९ बर्षदेखी ६० वर्ष उमेर समुहका रहेका छन् । संक्रमितहरुकाे सिटी भ्यालु १५ देखि ३० रहेकाे छ ।

संक्रमित हुनेमा पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. १ का एक जना, वडा नं. ५ का एक जना, वीरगंज महानगरपालिकाकाे वडा नं. १२, १६, १३, १० का एक-एक जना, तराई हस्पिटलका ३ जना, सखुवा प्रसौनी गाउँपालिका २ जना, वीरगंज हेल्थ केयरका ३ जना र आर्मी ब्यारेक वीरगंजका एक जना रहेका छन् ।

यस्तै बाराकाे कलैया नगरपालिका २ जना, बारागढी गाउँपालिकाकाे ४ जना, इलाका प्रहरी कार्यलय बारागढीका एक जना, सर्वण गाउँपालिकाका एक जना र रौतहट गरुडा प्रहरीका ७ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.013 sec. Memory consumption:81.47 mb