Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

युथ काङ्ग्रेसकाे संगठन विस्तार

spot_img
spot_img

वीरगंज । युथ काङ्ग्रेस नेपाल प्रदेश नं. २ ले सङ्गठन विस्तार गरेको छ । संगठनको प्रदेश सचीवमा सर्लाहीका प्रभात ठाकुर, सदस्यहरुमा पर्साका राहुल गुप्ता र सर्लाहीका नुरी मिकरानी चयन भएका छन् ।

त्यसैगरि सर्लाही जिल्लाको लागि कुमोद साह र महोत्तरीको लागि निरज शर्मालाई संयोजकमा नियुक्त गरिएको छ ।

युथ काङ्ग्रेस नेपालले लोकतान्त्रिक समाजवादका सिद्धान्तहरूको असफल पुराना अभ्यासहरूको परिवर्तनका सवालमा वकालत गर्दै विधिको शासन, राष्ट्रियता, प्रगतिशिलता, स्वतन्त्रता तथा संविधानद्वारा प्रदत्त समानताको हकलाई प्रश्रय दिने लक्ष्य साथ् विगत ३ बर्ष देखि युवा राजनीति र लोकतन्त्र सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको जनाइएकाे छ ।

यस संस्थाले देशव्यापी रुपमा उच्च अध्ययन गरि सामाजिक क्षेत्रमा सेवा गर्दै आइरहेको र नेपालमा लोकतान्त्रिक विचारधारा प्रति आस्था राख्ने युवाहरुको संगठन निर्माण गर्ने वताइएकाे छ । संस्थाको हालको कार्यक्रमहरुमा राजनीतिक शिक्षा (पोलिटिकल लिट्रेसि), संगठन र युवाहरुको राजनैतिक क्षमता अभिवृर्दि तथा देशव्यापी रुपमा विधिको शासन तथा लोकतान्त्रिक पद्धती निर्माणका लागि अभियानहरु संचालन गर्ने लक्ष्य राखिएको छ ।

नव नियुक्तहरुलाई स्वागत गर्दै युथ कांग्रेश नेपालका प्रदेश संयोजक रमेश कुमार राजले हाम्राे पुर्खा लोकतनत्रका लागि लडे, हामि लोकतनत्रलाई जीवनशैली बनाउन लड्दैछौं भने वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...