Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंजमा बजार अनुगमन जारी, पुन: ५ पसललाई कारवाही

spot_img
spot_img

वीरगंज । उपभोक्ताहरुको गुनासोलाई मध्य नजर गर्दै पर्सामा साेमबार पनि बजार अनुगमन गरिएकाे छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीद्वारा वीरगंज महानगरपालिकाकाे राधेमाई र विन्दवासिनिमा रहेका विभिन्न खाद्यन्न तथा किराना पसलहरुलाई अनुगमन गरेकाे हाे ।

अनुगमनमा मूल्य सूची नराखेको तथा खरिद बिल उपलब्ध गराउन नसकेको र म्याद गुज्रेका समानहरु संचित गरी राखेको ५ वटा पसलहरुलाई पुन: कारवाही गरिएकाे जिल्ला प्रशासन कार्यालयद्ये जनाएकाे छ ।

अनुगमन टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं. १९, बिन्दवासिनीकाे मनिष गल्ला भण्डार एण्ड ट्रेड सप्लायर्स, शशी किराना पसल, सन्दिप किराना तथा गल्ला भण्डारलाई रु. २०-२० हजार, वीरगंज महानगरपालिकाकाे वडा नं. १३, राधेमाईकाे आसिका जनरल स्टोर र चन्दन ट्रेड ईन्टरनेसनललाई रु. ५-५ हजार जरिवाना गरिएकाे जनाएकाे छ ।

यस्तै अनुगमनकाे क्रममा म्याद नाघेका रु.८४० बारावरको पेय पदार्थहरु नष्टसमेत गरिएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको जरिवाना गरिएको तथा खाद्य बस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धि नगरी विक्रि वितरण गर्ने भनी निर्देशन दिईएको अनुगमन टाेलीले जनाएकाे छ ।

यदी त्यस्तो गरेको पाईएमा कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

कोरोना महामारीको विषम परिस्थितिमा कहि कतै कुनै वस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धी गरी विक्री वितरण गरेको देख्नु भएमा आवश्यक प्रमाणसहित यस कार्यालयको ईमेल daoparsa1@gmail.com उजुरी गर्नु प्रशासनले अनुराेधसमेत गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...