Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंजमा बजार अनुगमन जारी, पुन: ५ पसललाई कारवाही

spot_img
spot_img

वीरगंज । उपभोक्ताहरुको गुनासोलाई मध्य नजर गर्दै पर्सामा साेमबार पनि बजार अनुगमन गरिएकाे छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीद्वारा वीरगंज महानगरपालिकाकाे राधेमाई र विन्दवासिनिमा रहेका विभिन्न खाद्यन्न तथा किराना पसलहरुलाई अनुगमन गरेकाे हाे ।

अनुगमनमा मूल्य सूची नराखेको तथा खरिद बिल उपलब्ध गराउन नसकेको र म्याद गुज्रेका समानहरु संचित गरी राखेको ५ वटा पसलहरुलाई पुन: कारवाही गरिएकाे जिल्ला प्रशासन कार्यालयद्ये जनाएकाे छ ।

अनुगमन टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं. १९, बिन्दवासिनीकाे मनिष गल्ला भण्डार एण्ड ट्रेड सप्लायर्स, शशी किराना पसल, सन्दिप किराना तथा गल्ला भण्डारलाई रु. २०-२० हजार, वीरगंज महानगरपालिकाकाे वडा नं. १३, राधेमाईकाे आसिका जनरल स्टोर र चन्दन ट्रेड ईन्टरनेसनललाई रु. ५-५ हजार जरिवाना गरिएकाे जनाएकाे छ ।

यस्तै अनुगमनकाे क्रममा म्याद नाघेका रु.८४० बारावरको पेय पदार्थहरु नष्टसमेत गरिएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको जरिवाना गरिएको तथा खाद्य बस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धि नगरी विक्रि वितरण गर्ने भनी निर्देशन दिईएको अनुगमन टाेलीले जनाएकाे छ ।

यदी त्यस्तो गरेको पाईएमा कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

कोरोना महामारीको विषम परिस्थितिमा कहि कतै कुनै वस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धी गरी विक्री वितरण गरेको देख्नु भएमा आवश्यक प्रमाणसहित यस कार्यालयको ईमेल daoparsa1@gmail.com उजुरी गर्नु प्रशासनले अनुराेधसमेत गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...